https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चन्दन महताे
रौतहट, माघ ८ गते ।
अर्थोपेडिक सर्जन डा. बिक्रान्त मेहताको स्वर रहेको “माया गर्ने मै हो” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ। चिकित्सक पेशामा रहेका डा. मेहताकै अभिनय रहेको यस गीतमा सुन्दर मोडल स्मारिका ढकालले समेत साथ दिएकी छन् ।

यो गीत एक प्रेमील जोडीको प्रेम कथालाई दर्शाउँछ, जसले हरेक प्रेमी मनका लागि विशेष उपहार बन्न सक्छ। भिडियोमा डा. मेहता र स्मारिका ढकालले प्रेमील जोडीको रूपमा रोमान्टिक दृश्यहरू प्रस्तुत गरेका छन्। उनीहरूले प्रेम, माया, रोमान्स र विवाहसम्मको सफल प्रेम कहानीलाई मार्मिक शैलीमा देखाएका छन् ।

निर्देशक प्रकाश धितालले यो भिडियोको निर्देशन गरेका हुन् । उनी पछिल्लो पुस्ताका अनुभवी र नयाँपनको प्रयोग गर्न रुचाउने निर्देशक हुन् । गीतको ऐरेन्ज रिदम कँडेलले, मिक्सिङ् मास्टरिङ् नरेश बिबिसीले, र कोरियोग्राफी रोशन विश्वकर्माले गरेका छन् ।

सार्वजनिक गीतको भिडियो एम सिरिज ग्लोबलबाट बजारमा आएको छ, जसको छायांकन उत्सब दाहाल र सम्पादन राकेश दाहालले गरेका हुन् । यो भिडियोले प्रेमील मनहरूलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट