https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाेपाल झा

जलेश्वर, माघ ९ गते ।

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर १ मा सडक किनारमा नालाको अभावले वडावासीले लामो समयदेखि समस्या भोग्दै आएका छन् ।

वर्षायाममा पानीको निकास नहुँदा सडक जलमग्नहुने र त्यसले गर्दा यातायातमा अवरोध सिर्जना हुने समस्या प्रमुख रहेको छ । यसैगरी, घर तथा पसलका फोहर र पानी सडकमै थुप्रिने समस्या पनि छ, जसले वडावासीको दैनिक जीवनमा कठिनाइ थपेको छ ।

 यस समस्याप्रति वडावासीको गुनासो बढ्दै गएपछि वडा अध्यक्ष मनोज कुमार मण्डलले समस्या समाधानका लागि सक्रियता देखाएका छन् । उनले नाला निर्माण र सरसफाइलाई प्राथमिकतामा राख्दै हालै उक्त क्षेत्रको निरीक्षण गरेका छन् । यस क्रममा वडाध्यक्ष मण्डलले वडावासीसँग प्रत्यक्ष छलफल गर्दै उनीहरुको  समस्या सुने र तत्कालै उपयुक्त कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे ।

वडाका विभिन्न स्थानमा सडक छेउ नाला नहुँदा वर्षायाममा पानी जमेर हिलोमैलो हुन्छ भने  अन्य समयमा पनि निकास नहुँदा फोहर जम्ने र दुर्गन्ध फैलने समस्या रहेको छ । स्थानीयवासीले लामो समयदेखि यस्तो समस्याको सामना गरिरहे पनि हालसम्म स्थायी समाधान नभएको गुनासो गरेका छन् ।

वडाध्यक्ष मण्डलले निरीक्षणपछि वडावासीलाई समस्या समाधानका लागि छिटै नाला निर्माण कार्य सुरु गर्ने आश्वासन दिए । उनले भने, नाला निर्माणसँगै नियमित सरसफाइलाई प्राथमिकता दिन वडापालिकाले योजना बनाएको छ । यस कार्यमा वडावासीको सहकार्य आवश्यक छ । उनले थपे कि सडक किनारमा रहेको फोहर व्यवस्थापनका लागि नियमित रुपमा सरसफाइ अभियान सञ्चालन गरिनेछ ।

वडाध्यक्ष मण्डलको पहल र स्थानीयवासीको सहकार्यले नाला सरसफाइ अभियानलाई प्रभावकारी बनाउन सकिने देखिएको छ । यस कार्यले यस क्षेत्रको वातावरणीय समस्या समाधानमा दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार