https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, माघ १० गते ।
नेपाल पत्रकार महासंघ पर्सा र पर्सा जिल्ला अदालत नेपाल बार एसोसिएसन पर्सा बिच ६ बुँदे समझदारी पत्रमा आज हस्ताक्षर भएको छ ।

नीतिगत तथा व्यवहारिक पक्षबाट प्रेस प्रवर्द्धन, स्वतन्त्रताको प्रतिरक्षा र पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा सुनिश्चितताका लागि काम गर्दै, देशमा विधिको शासनका लागि लोकतान्त्रिक संस्कार निर्माण गर्ने मुख्य उदेश्य राखेको नेपाल पत्रकार महासंघ पर्सा र स्थापनाकालदेखि नै स्वतन्त्र,सक्षम तथा उत्तरदायि न्यापालिका, विधिको शासन लोकतन्त्र र मानव अधिकारको पक्षमा सधै दृढतापूर्वक उभिदै आएको पर्सा जिल्ला अदालत बार एशोसिएशन, दुवै संस्थाले विगतका दिनमा मानव अधिकार, लोकतन्त्र, शुसाशनका र सामाजिक न्यायका निम्ति संयुक्त रुपमा लडेको स्वर्णिम इतिहासलाई स्मरण गर्दै, आगामी दिनमा पनि दुवै संस्था (नेपाल पत्रकार महासंघ पर्सा, यो समझदारीपत्रमा प्रथम पक्ष भनिएको र पर्सा जिल्ला अदालत बार एशोसिएशन यो समझदारी पत्रमा द्धितीय पक्ष भनिएको) सयुंक्त रुपमा अझ बढी शसक्त भई दुवै पक्षको पेशागत सुरक्षा र प्रवर्द्धनका साथसाथै मानव अधिकार, सामाजिक न्याय, शुसासन एवं पर्सा जिल्लाको अर्थ सामाजिक, न्यायिक क्षेत्रको अग्रगति र दिगो विकासका लागि आपसी रुपमा सहकार्य गर्दै अगाडि बढ्न सहमत भई निम्नबमोजिम काम गर्ने गरी यो समझदारी पत्रमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल र पर्सा जिल्ला अदालत नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष कमलमोहन पोखरेल बिच हस्ताक्षर भएको छ ।

६ बुँदे समझदारीहरु :-

दुवै पक्षको सहकार्यमा सामाजिक मुद्दाहरुमा केन्द्रीत रहेर विभिन्न बहस, अन्तरक्रियाहरू गरिने छन् । जसको
उद्देश्य समाजमा विधिको शासन व्यवस्थाका आधारहरूलाई बलियो बनाउने हुनेछ ।

दुवै पक्षले एकअर्का पक्षको व्यावसायिक प्रवर्द्धन र हित सुरक्षाको पक्षमा सकारात्मक सहकार्य गर्ने छन् ।

पर्सा जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकारहरूलाई पेशागत काम कारवाहीका सन्दर्भमा
आवश्यक कानूनी परामर्श र सेवाका लागि द्वितीय पक्षले सहजीकरण गर्ने छ ।

प्रथम पक्षका सदस्य एवम् पर्सा जिल्लालाई आधार बनाएर पत्रकारिता गर्ने पत्रकारहरूलाई समाचार लेखेका कारण आइपर्ने मुद्दामामिलामा आर्थिक भार खेप्न नपर्ने गरी द्वितीय पक्षले आफना सदस्य कानून व्यवसायीमार्फत (प्रो वोनो) सेवा उपलब्ध गराउने छ ।

प्रथम पक्षले द्वितीय पक्षका सदस्य एवम् द्वितीय पक्षको समन्वयमा कानून व्यवसायीहरूको पेशागत हित प्रवर्द्धनमा सरकारात्मक सहयोग र सहजीकरण गर्नेछ ।

सो समझदारीको समयावधि आगामी ३ वर्षसम्म कायम रहने छ। आवश्यकता अनुसार दुवै पक्षको समझदारीमा
अवधि थप्न सकिने गरि नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल र पर्सा जिल्ला अदालत नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष कमलमोहन पोखरेल बिच हस्ताक्षर भएको छ ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ पर्सा कि उपाध्यक्ष निलिमा पौडेलले राखेकि थिइन भने उपस्थितिमा नेपाल पत्रकार महासंघ पर्साका सहसचिव अजय कुमार चौरसिया, एसके चौरसिया, सदस्य राहुल गुप्ता लगायत नेपाल बार एसोसिएसन पर्साका सदस्यहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ पर्साका सचिव बिजय चौहानले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार