
जनकपुरधाम, माघ १० गते ।
जनकपुरधामका प्रतिभाशाली युवा ज्योतिष तथा इन्जिनियर डा. विवेकले ज्योतिष र वास्तु विज्ञानमा डाक्टरेटको उपाधि प्राप्त गर्दै आफ्नो क्षेत्रलाई नयाँ आयाम दिन सफल भएका छन् । कलिलो उमेरमै ज्ञान, परिपक्वता र सटीक भविष्यवाणीका कारण चर्चामा रहेका विवेक ज्योतिष र वास्तु क्षेत्रका लागि एक प्रेरणादायक नाम बनिसकेका छन् ।
डा. विवेकले ज्योतिष र वास्तुको क्षेत्रमा आफ्नो अध्ययन र अनुसन्धानलाई निरन्तरता दिँदै यस विषयलाई वैज्ञानिक रूपले प्रमाणित गर्ने उद्देश्य राखेका छन्। उनले भने, “म यस क्षेत्रमा थप अनुसन्धान र अध्ययन गर्दै जनमानसमा ज्योतिष र वास्तुलाई वैज्ञानिक आधारमा स्थापित गर्न चाहन्छु । मेरो लक्ष्य नेपालमा पनि जर्मनीको ‘German Astronomical Society’ जस्तो अत्याधुनिक अनुसन्धान केन्द्र स्थापना गर्नु हो ।”

ज्योतिषगुरु विवेकले आफ्नो ज्ञान र तर्कलाई कुशलतापूर्वक प्रस्तुत गरेर सबैको ध्यान खिच्न सफल भएका छन्। वास्तु, ज्योतिष, हस्तरेखा, रत्नज्योतिष, तथा चक्र प्रणालीमा राम्रो पकड भएका विवेकले आफ्नो सटीक भविष्यवाणी र गहिरो अध्ययनका कारण चौतर्फी प्रशंसा पाएका छन् ।
डा. विवेक, प्रसिद्ध ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन्। पाण्डेय परिवारले स्थानीय समुदायदेखि देशकै शीर्ष राजनीतिक नेताहरूका लागि वास्तु र ज्योतिषीय परामर्श दिँदै उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। विवेकले पनि यो परम्परालाई नयाँ उचाइमा पु-याउँदै ज्योतिष विज्ञानलाई आधुनिक स्वरूप दिने अभियान थालेका छन् ।

कलिलो उमेरमै यति ठूलो उपाधि हासिल गरेका विवेकको भविष्यवाणी र परामर्शमा जनताको ठूलो विश्वास रहेको छ। यस उपलब्धिले उनको मात्र नाम होइन, सिंगो ज्योतिष विज्ञानकै प्रतिष्ठा पनि उच्च बनाएको छ ।