https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

दिपेश कुमार शाह
रौतहट, माघ १० गते ।
रौतहटको कटहरिया नगरपालिकामा गत केही दिनदेखि रहेको विवाद समाधानका लागि बसेको सर्वपक्षीय बैठकबाट नगरपालिकाको कार्यालयमा लगाइएको ताल्चा खोलिएको छ । बैठकले नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएपछि भोलिपल्ट बोर्ड बैठकको लागि पत्राचार गर्ने र गत पुस २० गतेको निर्णयमाथि पुनः छलफल गर्ने सहमति गरेको हो ।

बैठकमा स्थानीय प्रतिनिधिहरू, सरोकारवाला पक्ष, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो । निर्णयपछि ताल्चा खोलिएको र कार्यालय सञ्चालनमा सहजता आएको छ ।

सर्वपक्षीय बैठकले विवाद समाधानका लागि संवाद मार्फत समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । यस सहमतिसँगै नगरपालिकाको कामकाजलाई व्यवस्थित बनाउन मार्गप्रशस्त भएको विश्वास गरिएको छ ।

कटहरिया नगरपालिकामा देखिएको विवाद गत पुस २० गतेको निर्णयसँग सम्बन्धित थियो । उक्त निर्णय पुनः छलफल गरिने सहमति भएपछि नगरवासीले ताला खोल्न सहमति जनाएका हुन् । स्थानीयबासीले विवाद समाधानका लागि यथाशीघ्र ठोस कदम चाल्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट