https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, माघ ११ गते ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा माघ ६ गतेदेखि सञ्चालन भएको “घुम्ती प्रशिक्षण सुरक्षा विशेष अनुशिक्षण तालिम” माघ ११ गते समापन भएको छ । समापन कार्यक्रम प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

पाँच दिनसम्म सञ्चालन भएको उक्त तालिममा प्रहरी बरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ६ जना, प्रहरी सहायक हवल्दार १ जना र प्रहरी जवान २७ जना गरी जम्मा ३५ जना प्रशिक्षार्थी सहभागी थिए ।

समापन समारोहमा प्रमुख अतिथि प्रहरी नायव उपरीक्षक जैसवारले सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र वितरण गर्नुका साथै तालिममा सिकेका सीपलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्न निर्देशन दिनुभयो। उहाँले तालिमले प्रहरी कार्यक्षमतामा सुधार ल्याउन र नागरिक सुरक्षामा थप योगदान पुर्‍याउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

तालिमका क्रममा सहभागीहरुले सुरक्षा, अनुशासन, रणनीति, र घुम्ती निगरानीका विषयमा गहन अध्ययन र अभ्यास गरेका थिए । यस प्रकारका तालिमले प्रहरी संगठनलाई थप सशक्त बनाउँदै कानून व्यवस्था कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीद्वारा आयोजित तालिमलाई प्रभावकारी बनाउन प्रशिक्षक र सहभागीहरुबीचको सहकार्यलाई विशेष प्राथमिकता दिइएको थियो । तालिम समापनका अवसरमा सहभागीहरुले सिकाइ अनुभवलाई कार्यक्षेत्रमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट