
गाैशाला, माघ ११ गते ।
महाेत्तरीकाे मटिहानी नगरपालिका वडा नं. ४ मझौरा स्थित मुसहर समुदायको कुल देवता भुइँया बाबाको ५ वर्षमा हुने विधिवत पूजा आज सम्पन्न भएको छ । यस पूजामा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलकाे प्रमुख अतिथिका रुपमा सहभागिता भएका थिए ।
पूजाको मुख्य आकर्षण भुइँया बाबाको प्रतिकको रुपमा रहेको ६ वर्षका दुई बालक, रोहन र रबी थिए । यी बालकहरूलाई तातो दुधले नुहाएर भुइँया बाबाको पूजा विधि अनुसार सम्मानित गरिएको थियो । यस अवसरमा स्थानीय समुदायका सदस्यहरूले भुइँया बाबाको आशीर्वाद प्राप्त गर्न विशेष पूजा र अनुष्ठानका माध्यमबाट मन्नत मागेकाे थियोे ।

विधिवत पूजा सम्पन्न भएपछि मटिहानी नगरपालिकाका प्रमुख श्री हरि प्रसाद मण्डलले मुसहर समुदायको सांस्कृतिक महत्व र समृद्धिका लागि सद्भावनापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले यस किसिमको पूजा र परम्परालाई समर्पित भएर ध्यान दिनुपर्ने कुरा उल्लेख गर्दै, समुदायको सामाजिक र धार्मिक परम्पराको संरक्षणको आवश्यकता औंल्याउनुभयो ।
यस पूजा कार्यक्रममा विभिन्न धार्मिक र सांस्कृतिक क्रियाकलापहरू समेत सम्पन्न भए, जसले समुदायको एकता र समृद्धिको पक्षमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।














