https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महेश सिंह
लहान, माघ १२ गते

सिरहाको भगवानपुर गाउँपालिका–२, नहरा रिगौल स्थित लक्ष्मी नारायण कौशल्या जनता माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूले विद्यालयका हालका विद्यार्थीहरूलाई सरकारी सेवातर्फ आकर्षित गर्न विशेष कार्यक्रम सम्पन्न गरेका छन् । कुलत र नकारात्मक गतिविधिबाट टाढा राख्दै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यतर्फ उन्मुख गराउने उद्देश्यले आयोजना गरिएका यी कार्यक्रमले विद्यालय र समुदायमा सकारात्मक ऊर्जा प्रवाह गरेको छ ।

कार्यक्रमका गतिविधिहरू

माघ ११ गते विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा विभिन्न प्रतियोगितात्मक खेलहरू आयोजना गरियो । म्युजिकल चेयर, राउन्ड मुभिङ रेस, डोरी तान प्रतियोगिता र हाजिरीजवाफजस्ता क्रियाकलापहरूमा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।

नतिजाहरू:

  1. म्युजिकल चेयर प्रतियोगिता: छात्रातर्फ लक्ष्मी नारायण कौशल्या जनता मा.वि. बहराले प्रथम स्थान प्राप्त गर्दा हनुमान प्रसाद जनता मा.वि. इनर्वा दोस्रो स्थानमा रह्यो ।
  2. राउन्ड मुभिङ रेस: छात्रतर्फ बालसुन्दरी मा.वि. भगवानपुरले प्रथम स्थान हासिल गर्‍यो ।
  3. डोरी तान प्रतियोगिता: छात्रातर्फ लक्ष्मी नारायण कौशल्या जनता मा.वि. नहरा र छात्रातर्फ बालसुन्दरी मा.वि. भगवानपुरले पहिलो स्थान जिते ।
  4. हाजिरीजवाफ: लक्ष्मी नारायण कौशल्या जनता मा.वि. नहराले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्यो।

‘च्याम्पियन्स अफ द इयर’ को उपाधि यस वर्ष लक्ष्मी नारायण कौशल्या जनता मा.वि. नहराले हात पारेको छ ।

पूर्वविद्यार्थीहरूको सक्रियता

विद्यालयका शिक्षक महेश कुमार यादवका अनुसार कार्यक्रम विद्यालयका पूर्वविद्यार्थीहरूले व्यक्तिगत आर्थिक योगदान संकलन गरी सञ्चालन गरेका हुन् । यस वर्षको कार्यक्रम पूर्वविद्यार्थी सरोज कुमार यादवको नेतृत्व र विशेष पहलमा सम्पन्न भएको हो ।

कार्यक्रम संयोजक सरोज यादवले अनुशासन, मर्यादा र निष्पक्षताको साथ कार्यक्रम सम्पन्न भएको जानकारी दिँदै सहभागी विद्यार्थीहरूलाई बधाई ज्ञापन गरे । उनले आगामी वर्षहरूमा अझ प्रभावकारी कार्यक्रम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

विशेष उपस्थिति र सराहना

विद्यालयका प्रधानाध्यापक जीवछ प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो । प्रधानाध्यापक यादवले कार्यक्रमको प्रभावकारितालाई उल्लेख गर्दै पूर्वविद्यार्थीहरूप्रति आभार व्यक्त गरे ।

पूर्वविद्यार्थी बिनोद कुमार यादवले समुदायका युवाहरूले समाज सुधार र शिक्षित समाज निर्माणमा योगदान पुर्याइरहेको बताउँदै यस प्रकारका कार्यक्रमले नयाँ उदाहरण प्रस्तुत गरेको उल्लेख गरे ।

समुदायमा सकारात्मक प्रभाव

यसखाले कार्यक्रमले विद्यार्थीहरूको सिर्जनात्मकता, प्रतिस्पर्धात्मक भावना र सकारात्मक सोचको विकासमा सहयोग पुर्याएको छ । साथै, सरकारी सेवाप्रति विद्यार्थीहरूको रुचि बढाउने अवसर प्रदान गर्दै समाजमा नयाँ दृष्टान्त स्थापित गर्न मद्दत पुर्याएको छ ।

विद्यालय पूर्वविद्यार्थी मञ्चको तर्फबाट सम्पूर्ण सहभागीलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमले विद्यार्थीहरूको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार