
शिव कुमार महतो
सर्लाही, माघ १६ गते ।
सर्लाहीमा एक विद्यालयको बरण्डामा बेहोस भेटिएका अपरिचित बृद्वको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्लाको बरहथवा नगरपालिका – ८, टाँडी टोलस्थित दलित सामुदायिक प्राथमिक विधालयको बराण्डामा बेहोस अवस्थामा भेटिएका ति बृद्वको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
प्रहरीका अनुसार आज (बुधबार) बिहान बिद्यालयमा बेहोस अवस्थामा भेटिएपछि उनलाई उपचारका लागि जिल्ला सदरमुकाम मलंगवामा लगिएको थियो सोहि अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको हो ।
उनि सोहि नगरपालिकास्थित बरहथवा बजारमा मागेर खाने गरेको स्थानीयहरूबाट बुझिएको छ । हालसम्म उनको सनाखत हुन् नसकेको र सनाखतको लागि उनका अभिभावक वा आफन्तलाई आवश्यक कागजातहरू सहित ईलाका प्रहरी कार्यालय बरहथवामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।