https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बर्दीवास, माघ १६ गते ।

महाेत्तरीकाे बर्दीबास उद्योग वाणिज्य संघले पाँचौं बर्दीबास महोत्सव २०८१ आयोजना गर्ने सम्बन्धमा बर्दीबास नगरपालिकाले लिएको निर्णयप्रति असन्तुष्टि जनाएको छ । संघले महोत्सवको आयोजना पारदर्शी रूपमा, सबै सरोकारवालाहरूको सहभागितामा हुनुपर्ने भन्दै हाल नगरपालिकाले गरेको निर्णय एकपक्षीय, पूर्वाग्राही र व्यवसायीहरूको हक हित विपरीत रहेको भन्दै बिहीबार बर्दिवास उधाेग वाणिाज्य संघको सभाहलमा संघको अध्यक्ष विष्णु खड्काले पत्रकार सम्मेलन गरि जानकारी दिए ।

संघका अनुसार, “स्थानीय उद्योग व्यापार र कलाको विकास गरौं, साहित्य संस्कृतिको संरक्षण गर्दै प्रवर्द्धन गरौं” भन्ने नाराका साथ बर्दीबास महोत्सव २०८१ आयोजना गर्न गत माघ ६ गते बर्दीबास नगरपालिकामा निवेदन दर्ता गरिएको थियो।

तर, सोही विषयमा छलफलका लागि बोलाइएपछि थाहा भयो कि अन्य स्थानीय संघ–संस्थाहरूले पनि महोत्सव आयोजना गर्ने माग गर्दै पत्र दिएका रहेछन् । त्यसैले सबै संस्थाहरूलाई समेटेर उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु बहादुर खड्काको संयोजकत्वमा एक समिति गठन गरियो । माघ ८ गते सो समितिको पहिलो बैठक बसे पनि कुनै निष्कर्षविहीन रूपमा टुंगियो, जसको जानकारी नगर प्रमुखलाई गराइएको संघले जनाएको छ ।

तर, छलफललाई अगाडि नबढाई, बर्दीबास नगरपालिकाले ‘हाम्रो माया घर निर्माण समिति’ लाई महोत्सव आयोजना गर्ने स्वीकृति दिएको सार्वजनिक भएपछि व्यापारी वर्गमा सामूहिक असन्तोष उत्पन्न भएको संघको भनाइ छ ।


व्यापारीहरू असन्तुष्ट, नगरको निर्णय पुनरावलोकन गर्न अपिल

संघले यसअघि पनि बर्दीबास उद्योग वाणिज्य संघप्रति नगरपालिकाले पूर्वाग्राही व्यवहार देखाएको भन्दै विभिन्न घटनाहरू उदाहरणका रूपमा प्रस्तुत गरेको छ ।

  • बजारका लागि आवश्यक सिसि क्यामरा जडान गर्न खोज्दा नगरपालिकाले अवरोध पुर्‍याएको
  • व्यापारिक हितलाई प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन प्रवद्र्धनसम्बन्धी संस्था दर्ता गर्न नदिएको

यी घटनाहरूले नगरपालिकाले संघप्रति नकारात्मक दृष्टिकोण राख्दै आएको स्पष्ट पार्ने संघको ठहर छ।

संघका अनुसार, बर्दीबास महोत्सव स्थानीय व्यवसाय प्रवर्द्धन, उद्यमशीलता विकास तथा आर्थिक समृद्धिका लागि आयोजना गरिने प्रमुख कार्यक्रम हो। यसमा व्यवसायीहरूको हितको सुनिश्चितता, समन्वय, र सहकार्य आवश्यक छ।

त्यसैले, बर्दीबास उद्योग वाणिज्य संघले नगरपालिकासँग सहकार्य गर्न सधैं तयार रहेको उल्लेख गर्दै, बिना परामर्श व्यवसायिक मेला लगाउन परोपकारी संस्थालाई स्वीकृति दिनु अन्यायपूर्ण रहेको बताएको छ।

संघका अनुसार, यस्तो कार्यले भविष्यमा स्थानीय सरकार र व्यवसायीहरूबीचको सहकार्यमा अवरोध आउन सक्छ। त्यसैले, नगरपालिकाले निर्णय पुनरावलोकन गर्नुपर्ने संघको अपिल छ।


संघका प्रमुख सुझावहरू

बर्दीबास उद्योग वाणिज्य संघले नगरपालिकासँग तीन प्रमुख मागहरू अघि सारेको छ:

  1. नगरपालिकाले व्यवसायिक मेलासम्बन्धी निर्णय गर्दा पारदर्शी प्रक्रिया अपनाओस्। व्यापार तथा व्यवसायसँग सम्बन्धित नीति निर्माण गर्दा स्थानीय वाणिज्य संघको सहमति आवश्यक छ।
  2. व्यावसायिक महोत्सवको मूल उद्देश्यलाई प्राथमिकता दिइयोस्। महोत्सव व्यवसाय प्रवर्द्धनका लागि हो, त्यसैले मूल उद्देश्यबाट विचलित हुनु हुँदैन।
  3. स्थानीय व्यापार प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै महोत्सवको उचित व्यवस्थापन गरियोस्।

संघले स्पष्ट पारेको छ कि उनीहरूको विरोध महोत्सव वा हाम्रो माया घर निर्माण समितिविरुद्ध होइन, तर निर्णय प्रक्रियामा भएको अपारदर्शिता, व्यवसायीहरूको अधिकारमाथि हस्तक्षेप र महोत्सवलाई व्यवसायिक हितको परिधिबाट बाहिर लैजाने प्रयासप्रति हो।


महोत्सवलाई ‘पैसा उठाउने हतियार’ बनाउन नहुने संघको चेतावनी

संघले महोत्सवलाई उद्देश्यभन्दा बाहिर लैजान खोजेमा त्यसको दीर्घकालीन असर पर्ने चेतावनी दिएको छ।

“हामी समाज सेवाको विरोधी होइनौं, तर व्यवसायिक महोत्सवलाई गलत तरिकाले सञ्चालन गरी केवल पैसा उठाउने हतियार बनाउनु हुँदैन ।”

संघले नगरपालिकाले आफ्नो निर्णय पुनरावलोकन गर्दै व्यवसायीहरूको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। यदि निर्णयमा पुनरावलोकन गरिएन भने, भविष्यमा व्यवसायीहरू र नगरपालिकाबीचको सम्बन्ध बिग्रन सक्ने संघको चेतावनी छ।

संघले अन्त्यमा सबै सरोकारवालाहरूलाई संवाद, सहकार्य र समन्वयको माध्यमबाट समाधान निकाल्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार