https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, माघ १७ गते ।

मधेस केन्द्रित आठ दलहरूले बिहीबार सिंहदरबारमा आयोजित बैठकपछि एक साझा कार्यदल गठन गरेका छन्। प्रत्येक दलबाट एक-एक सदस्य चयन गरी बनाइएको यो कार्यदलले साझा एजेण्डा तय गर्ने, विधेयकहरूमा समान धारणा बनाउने र सरकारलाई स्पष्ट सन्देश दिने उद्देश्य राखेको छ।

बैठकमा सहभागी भएका नेताहरूले सामाजिक सञ्जाल नियमनसम्बन्धी सरकारको प्रस्तावित विधेयक, अभिव्यक्तिको स्वतन्त्रता, तथा अन्य विधेयकहरूप्रति साझा दृष्टिकोण बनाउने विषयमा छलफल गरेका थिए। जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले बैठकपछि जानकारी दिँदै भने, “सर्वदलीय बैठकमा सरकारको ल्याएको विधेयकलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा छलफल भएको छ। विशेषगरी सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा अभिव्यक्तिको स्वतन्त्रता कुण्ठित हुनुहुँदैन भन्ने हाम्रो स्पष्ट धारणा हो।”

कार्यदलमा सहभागी नेताहरू

नयाँ गठित कार्यदलमा सहभागी नेताहरू निम्नानुसार छन्:

  • जसपा नेपाल – इस्तियाक राई
  • जनमत पार्टी – शरद सिंह यादव
  • जसपा (नेपाल) – मनिष सुमन
  • नागरिक उन्मुक्ति पार्टी – गंगाराम चौधरी
  • लोसपा – लक्ष्मणलाल कर्ण
  • राष्ट्रिय मुक्ति पार्टी – केशव झा मेहता
  • जनता प्रगतिशील पार्टी – शिवजी यादव
  • लोसपा – ब्रजेश सिंह

कार्यदलको उद्देश्य र आगामी योजना

नवगठित कार्यदलले मधेसको हकहितका मुद्दालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय मुक्ति मोर्चाका नेता केशव झा मेहताका अनुसार, “अब कार्यदलको नियमित बैठक बस्नेछ, र मोर्चाका कार्यहरूको लागि आचारसंहिता तथा मोडालिटी तयार गरिनेछ।”

यस कार्यदलले मधेसका मुद्दाहरूमा केन्द्र सरकारलाई दबाब दिने, संसदमा विधेयकहरूप्रति साझा धारणा बनाउने, तथा दीर्घकालीन रणनीति तयार गर्ने लक्ष्य राखेको छ। बैठकमा सहभागी सबै दलहरूले महत्वपूर्ण निर्णयहरूमा एकमत हुन आवश्यक रहेको बताउँदै, साझा धारणा सार्वजनिक गर्न ढिलाइ नगर्ने सहमति जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट