
पवन प्रसाद साह
बिरगंज, माघ १७ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टिका नेता तथा पर्सा जिल्लाकाे जगरनाथपुर निवासी पुर्व गा.वि.स.अध्यक्ष एंव जि.वि.स.सदस्य जगदीश प्रसाद चौहानको निधनको १३ औं दिनको पून्य तिथिमा उहाँको जन्मथलोमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
श्रदाञ्जली सभालाई संम्बोधन गर्दै कार्यक्रममा सहभागि जि.वि.स.पर्साका पुर्व सभापति शम्भु प्रसाद चौरसियाले भने उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टिमा धेरै योगदान पुर्याउनु भएको छ र उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जगरनाथपुर गा.वि.स.को अध्यक्षको पदमा रहि सेवा गर्नु भएको र धनि, गरिब नछुटयाइ सधै सम्मान व्यवहार गर्नु भएको बताए ।
पत्यसतै श्रदाञ्जली सभालाई संम्बोधनकै क्रममा पुर्व गा.वि.स. अध्यक्ष एंव तेली समाजका केन्द्रीय अध्यक्ष बिश्वनाथ साह तेलीले भने जगदिश प्रसाद चौहानको जति चर्चा गरेपनि नसकिने उहाँले गरेको सामाजिक कार्यको धेरै छ भनि बताए ।
उक्त श्रदाञ्जली सभामा पुर्व सांसद जय प्रकास थारु,प्रदेश सांसद शंकर चौधरी, मधेश प्रदेशका भुमी व्यवसथा तथा कृषी सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, पुर्व गा.वि.स.अध्यक्षहरु रामबचन साह,झगरु मियाँ लगायत बहुसंख्यक गणमान्य, व्यक्तिहरु एंव सर्वसाधारणको उपस्थितिबाट सम्वेदना व्यक्त गरेका थिए ।