https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
महाेत्तरी, माघ १८ गते ।
महोत्तरी जिल्लाकाे बलवा नगरपालिकाको आयोजनामा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबारका दिन श्री मैथिली बल्लभ मावि, पडौल, बलवा नगरपालिका –३, महोत्तरीमा आयोजना गरिएको थियो ।

प्रतियोगितामा नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए । कार्यक्रमलाई रोचक बनाउन विभिन्न ज्ञानवर्द्धक प्रश्नहरू सोधिएका थिए, जसले विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्न मद्दत पुर्यायो ।

बलवा नगरपालिकाका नगर प्रमुख राम विजय महताे तथा शिक्षा समितिका पदाधिकारीहरूले प्रतियोगिताको अवलोकन गर्दै विद्यार्थीहरूको उत्साहजनक सहभागितालाई प्रशंसा गरे । नगरपालिकाले आगामी दिनमा पनि यस्ता शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने नगर प्रमुख महताे प्रतिबद्धता जनाए ।

प्रतियोगितामा म प्रथम हुन सकेन भनेर हरेस खानु हुँदैन मेहनत गरे एक न एकदिन अवश्य सफल हुनेछ नगर प्रमुख महताेले बताए । अर्को कुराे यस वर्षको SEE काे परिक्षा उत्कृष्ट अंक ल्याउने ३ जना विधार्थीहरुलाई नगरपालिकाबाट सम्मान समेत गर्ने उहाँले घाेषणा गर्नुभयो ।

कार्यक्रमको समापनमा विजयी भएका प्रथम – श्री जनता राष्ट्रि‌य माध्यमिक विद्यालय धमाैरा बलवा – १०, द्वितिय – श्री मैथिली बल्लभ माध्यमिक विद्यालय पडोल बलवा – ३ र तृतिय – श्री जनता माध्यमिक विद्यालय बनाैटा, बलवा – ७ भएका समूहलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियोे । स्थानीय विद्यालयहरूबिच आपसी प्रतिस्पर्धा र ज्ञानको आदान-प्रदान गराउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले विद्यार्थीहरूलाई सकारात्मक रूपमा प्रेरित गरेको सहभागीहरूले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार