https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गौशाला, माघ १९ गते।

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१३ अन्तर्गत बिजलपुरा र लामा टोलको सिमानामा ७५ लाख रुपैयाँको लगानीमा डिप बोरिङ जडानका लागि शिलान्यास गरिएको छ। शनिबार आयोजित एक औपचारिक कार्यक्रममा महोत्तरी क्षेत्र नं. १ का संघीय सांसद लक्ष्मी महतो कोइरी र प्रदेश सांसद शारदा देवी थापाले संयुक्त रूपमा उक्त डिप बोरिङ जडानको शिलान्यास गरे।

सांसद महतोले आफ्नो चुनावी प्रतिबद्धता अनुरूप कृषिलाई प्राथमिकतामा राख्दै यस्ता योजनाहरू ल्याइएको बताए। “कृषि क्षेत्रको समृद्धि नै हाम्रो विकासको मूल आधार हो। किसानहरूलाई सस्तो र सहज सिचाइ सुविधा उपलब्ध गराएर उत्पादन वृद्धि गर्नु हाम्रो पहिलो प्राथमिकता हो,” उनले भने। महतोका अनुसार, संघीय सरकारबाट प्राप्त अनुदानको माध्यमबाट डिप बोरिङ जडानको काम सुरु गरिएको हो, जसले स्थानीय कृषकहरूको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउनेछ।

स्थानीय किसानहरूको आशा र अपेक्षा

कार्यक्रममा बर्दिवास नगरपालिका–१३ का वडाध्यक्ष लक्ष्मण सिंहले बोरिङ सञ्चालनमा आएपछि कृषकहरूले सस्तो मूल्यमा खाद्यान्न उत्पादन गर्न सक्ने र आयमा वृद्धि हुने विश्वास व्यक्त गरे। “हामीले अहिलेसम्म महँगो मूल्यमा खाद्यान्न खरिद गर्दै आएका थियौं, तर अब आफ्नै उत्पादनले स्थानीय बजारमा आपूर्ति हुनेछ,” उनले भने। सिंहले डिप बोरिङ जडानपछि सिचाइमा सहजता आएर कृषि उत्पादकत्वमा गुणात्मक सुधार हुनेमा विश्वास व्यक्त गरे।

लालीगुराँस डिप बोरिङ उपभोक्ता समितिका अध्यक्ष किसानी महतोले उक्त डिप बोरिङबाट ६० बिघा भन्दा बढी जमिनमा सिचाइ सुविधा पुर्‍याइने जानकारी दिए। “यस परियोजनाले किसानहरूको उत्पादन क्षमता बढाउँछ, जसले गर्दा गाउँकै आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्छ,” उनले भने। महतोका अनुसार, सिचाइ सुविधा उपलब्ध भएपछि किसानहरूले धान, गहुँ, तरकारी, दलहन र अन्य नगदे बालीहरूको उत्पादन बढाउनेछन्, जसले स्थानीय बजारमा आपूर्ति सहज बनाउँछ।

भंगहा नगरपालिकामा अर्को डिप बोरिङ जडान

यस्तै, भंगहा नगरपालिका–४ स्थित प्रेमनगरमा पनि अर्को डिप बोरिङ जडानका लागि शिलान्यास गरिएको छ। यस कार्यक्रममा प्रमुख अतिथि सांसद लक्ष्मी महतो र विशिष्ट अतिथि प्रदेश सांसद शारदा देवी थापाले संयुक्त रूपमा डिप बोरिङ जडानको उद्घाटन गरे।

श्री लक्ष्मी जी डिप टयुवेल जल उपभोक्ता समितिका अध्यक्ष महेश महतोले प्रेमनगर क्षेत्रका किसानहरू वर्षौंदेखि सिचाइ समस्याबाट जुधिरहेका बताउँदै यो डिप बोरिङले उनीहरूका समस्या समाधान गर्ने विश्वास व्यक्त गरे। “सिचाइ सुविधा अभावले कृषकहरू आर्थिक रूपमा कमजोर भइरहेका थिए, तर अब यो परियोजनाले उनीहरूको उत्पादन क्षमता बढाएर आर्थिक समृद्धितर्फ डोहो¥याउनेछ,” महेश महतोले बताए।

कार्यक्रममा विविध प्रतिनिधिहरूको सहभागिता

भंगहा नगरपालिका–४ प्रेमनगरमा आयोजित कार्यक्रममा वडाध्यक्ष गणेश महतोको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि सांसद लक्ष्मी महतो, विशिष्ट अतिथि प्रदेश सांसद शारदा देवी थापा, एमाले प्रदेश समिति सदस्य भीम बहादुर आले, महिला नेतृ रामकुमारी महतो, बर्दिवास नगरपालिका–५ का वडाध्यक्ष काहारमान स्वाङगवा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा बोल्दै प्रदेश सांसद शारदा देवी थापाले सिचाइ सुविधा विस्तारले न केवल कृषकहरूको जीवनस्तरमा सुधार ल्याउने, तर स्थानीय अर्थतन्त्रलाई समेत मजबुत बनाउने धारणा व्यक्त गरिन्। उनले प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरेर यस्ता परियोजनाहरूलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाइन्।

भविष्यका योजना र अपेक्षा

सांसद लक्ष्मी महतोले सिचाइ सुविधासँगै आधुनिक कृषि उपकरण र प्रविधिहरूको पहुँच पनि कृषकहरूलाई पुर्‍याइने जानकारी दिए। “हामी सिचाइ सुविधाको मात्र कुरा गरिरहेका छैनौं, कृषकहरूलाई प्रविधिमैत्री बनाउने योजनासमेत ल्याउनेछौं,” उनले भने। महतोका अनुसार, आगामी दिनमा महोत्तरी जिल्लाका अन्य नगरपालिका र गाउँपालिकाहरूमा पनि यस्ता परियोजनाहरू कार्यान्वयन गरिनेछ।

कार्यक्रमका सहभागीहरूले यस्ता योजनाहरूले दीर्घकालीन रूपमा स्थानीय कृषकहरूको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा सहभागी समाजसेवी र स्थानीय बासिन्दाहरूले कृषि क्षेत्रमा थप लगानी र योजनाहरूको आवश्यकता रहेको धारणा राखे।

यस परियोजनाले महोत्तरी जिल्लामा कृषि उत्पादन वृद्धि गर्नुका साथै स्थानीय आर्थिक विकासमा पनि उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। सिचाइ सुविधाको पहुँचले कृषकहरूको आम्दानी बढाउन र खाद्यान्न आत्मनिर्भरता हासिल गर्न टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट