https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बर्दिवास, माघ १९ गते ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST), विशिष्टकृत अनुसन्धान केन्द्र, मधेश प्रदेश बर्दिवासको आयोजनामा चुरे संरक्षण सम्बन्धी माघ १४ र १५ गते गरि २ दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ । तालिममा मधेश प्रदेशका चुरे क्षेत्रसँग सम्बन्धित २४ नगरपालिका, ८ डिभिजन वन कार्यालय, जलाधार व्यवस्थापन कार्यालयका प्रतिनिधि, मिडिया तथा नागरिक समाजका गरी ५० जना सहभागी थिए ।

तालिमका प्रमुख सहजीकरणकर्तामा वन तथा वातावरण विज्ञ डा. बिनोद भट्ट, डा. नागेन्द्र प्रसाद यादव, र चुरे विज्ञ सदस्य नागदेव यादव रहेका थिए । तालिमका क्रममा चुरे क्षेत्रको संरक्षण, वन व्यवस्थापन, जल स्रोत संरक्षण तथा वातावरणीय सन्तुलनका विषयमा गहन छलफल गरिएको थियो ।

तालिम अन्तर्गत CDAFN, बर्दिवास महोत्तरी को आयोजनामा रातु जलाधार (Ratu Watershed) मा सम्पन्न CDAFN Best Practices र Local Innovation को अध्ययन, अवलोकन तथा भ्रमण कार्यक्रम पनि संचालन गरिएको थियो। सहभागीहरूले स्थानीय स्तरमा अपनाइएका नवप्रवर्तन र चुरे संरक्षणका उत्कृष्ट अभ्यासहरूको प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गरे।

कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सचिव प्रा.डा. रविन्द्र कुमार ढकाल, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. पारसनाथ यादव, र श्री दिपेन्द्र राम भण्डारी लगायत NAST का अन्य कर्मचारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

सहभागीहरूले चुरे संरक्षणका लागि सामुदायिक सहभागिता, नीति निर्माणमा वैज्ञानिक दृष्टिकोण र स्थानीय नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। साथै, वातावरण संरक्षण र वन व्यवस्थापनका क्षेत्रमा तालिम र अवलोकन भ्रमणबाट सिकेका ज्ञानहरू व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस प्रकारका कार्यक्रमहरूले चुरे क्षेत्रको दीर्घकालीन संरक्षण र सतत विकासमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकहरूले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट