https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, माघ २० गते ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा एक युवतीको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ । गौशाला नगरपालिका वडा नं. ८ निवासी अभिषेक यादवकी १९ वर्षीया श्रीमती खुश्बु यादवकाे शव धारिलो हतियार प्रहार गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, खुश्बुको शव गौशाला नगरपालिका वडा नं. ५ मा रहेको नेपाल विद्युत् प्राधिकरणको कार्यालयदेखि करिब ५ सय मिटर उत्तरतर्फको खेतमा फेला परेको हो । महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जैसवार का अनुसार खुश्बुको हत्या अत्यन्तै क्रूर तरिकाले गरिएको देखिन्छ । प्रारम्भिक अनुसन्धान अनुसार उनीमाथि धारिलो हतियार प्रयोग गरिएको पुष्टि भएको छ ।

घटनाको विवरणअनुसार, गए राति घरबाट निस्केकी खुश्बु आज बिहान खेतमा मृत अवस्थामा फेला परेकी हुन्। स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरीको टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । शवको परीक्षणका लागि महोत्तरी अस्पतालमा पठाइएको छ ।

डीएसपी जैसवारले भने, “खुश्बुको हत्या अत्यन्तै क्रूर तरिकाले गरिएको छ। घटनास्थलको प्रकृति हेर्दा हत्या योजनाबद्ध देखिन्छ। हाल घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।”

हत्या कसले र किन गरेको हो भन्ने विषयमा यतिबेला स्पष्ट जानकारी नभए पनि प्रहरीले घटनास्थलको फरेन्सिक परीक्षण सुरु गरिसकेको छ र सम्भावित संदिग्धहरूमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

यस घटनाले स्थानीय समुदायमा त्रास र चिन्ता फैलिएको छ। स्थानीय बासिन्दाहरूले हत्याको छिटोभन्दा छिटो खुलासा गर्न माग गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको छ । “हामी अनुसन्धानलाई तीव्रता दिइरहेका छौं र छिट्टै दोषी पत्ता लगाएर कानूनी कार्वाही गरिनेछ,” डीएसपी जैसवारले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट