https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जलेश्वर, माघ १९ गते ।
धनुषा जिल्लाको धनौजी गाउँपालिका, Habitat for Humanity Nepal, र रतौली युवा क्लबबीच १५ वटा सुरक्षित र किफायती घर निर्माणका लागि त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ । यो सम्झौताले विशेषगरी भूमिहीन, दलित, जनजाति र अतिविपन्न वर्गका परिवारहरूको आवास सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सम्झौताअनुसार, धनौजी गाउँपालिका वडा नं. ३ का १५ वटा भूमिहीन दलित, जनजाति र अतिविपन्न परिवारहरूलाई पालिकाले आवास निर्माणका लागि आवश्यक भूमि उपलब्ध गराउनेछ । यस्तै, Habitat for Humanity Nepal र रतौली युवा क्लबले प्राविधिक र आर्थिक सहयोग प्रदान गर्नेछन् । यस परियोजनाले आवास निर्माणसँगै लाभार्थी परिवारहरूको जीवनस्तर सुधार गर्न, सामाजिक न्याय प्रवर्द्धन गर्न, र दिगो विकास सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

परियोजनाको मुख्य उद्देश्य भनेको सुरक्षित, किफायती र दिगो आवास प्रदान गर्नु हो, जसले गर्दा लाभार्थी परिवारहरूलाई स्थायित्व, सुरक्षाको भावना र आर्थिक सशक्तिकरणको अवसर दिन सकोस् । आवास स्थायित्वले शिक्षा, स्वास्थ्य र आर्थिक अवसरहरूमा समेत सकारात्मक प्रभाव पार्नेछ । सम्झौताअनुसार, निर्माण कार्य २०८२ साल असार मसान्तसम्म सम्पन्न गरिने लक्ष्य राखिएको छ ।

धनौजी गाउँपालिकाकाे अध्यक्ष राज कुमार शाहले भूमिहीन परिवारहरूलाई कानूनी रूपमा सुरक्षित भूमि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ, जसले उनीहरूलाई भविष्यमा आवास सुरक्षासँग सम्बन्धित कुनै पनि अन्यौलताबाट मुक्त राख्नेछ। साथै, Habitat for Humanity Nepal ले निर्माण कार्यमा प्राविधिक परामर्श, डिजाइन, निर्माण सामग्रीको गुणस्तर सुनिश्चितता, र निर्माण प्रक्रिया अनुगमन गर्नेछ। रतौली युवा क्लबले स्थानीय स्तरमा समुदाय परिचालन, जनशक्ति व्यवस्थापन र आर्थिक सहयोग सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

सम्झौतामा सहभागी पक्षहरूले यस परियोजनाले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् । धनौजी गाउँपालिकाका अध्यक्ष राज कुमार शाहले यो सम्झौताले भूमिहीन र अतिविपन्न परिवारहरूको जीवनमा स्थायित्व ल्याउनुका साथै पालिकाको सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । Habitat for Humanity Nepal का प्रतिनिधिले सुरक्षित र किफायती घर निर्माणका लागि स्थानीय सरकार र समुदायसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको उल्लेख गर्नुभयो ।

समग्रमा, यो त्रिपक्षीय सम्झौता केवल आवास निर्माणसम्म सीमित नरही, समुदायको सामाजिक, आर्थिक र पर्यावरणीय सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने रताैली युवा क्लब महाेत्तरीकाे कार्यकारी निर्देशक बैधनाथ चाैधरीले जानकारी दिनुभयो । आवास भनेको केवल भौतिक संरचना मात्र नभई, सुरक्षा, सम्मान, र उज्ज्वल भविष्य निर्माणको आधार पनि हो । “घर भनेको ईंट र गारोको संरचना मात्र होइन, यो आशा, भरोसा, र सम्मानको प्रतिक हो ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट