https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, माघ २१ गते ।
महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका-४, साढामा नव निर्माण सम्पन्न सामुदायिक भवनको समुद्घाटन कार्यक्रम आज वसन्त पञ्चमीको पावन अवसरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद तथा पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री माननीय सरोज कुमार सिंह कुशवाहा ज्यू रहनुभएको थियो ।

समुद्घाटन कार्यक्रमको विशेष अवसरमा मन्त्री ज्यूले सामुदायिक भवनको उद्घाटन गर्नुहुँदै समुदायको विकास र समृद्धिका लागि यस्ता संरचनाहरुको अत्यन्त महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक भवनहरू केवल भौतिक संरचना होइनन्, यी भवनहरूले स्थानीय समुदायलाई एक आपसमा जोड्ने, सामाजिक तथा सांस्कृतिक गतिविधिहरूलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण कड़ीको रुपमा कार्य गर्छन् ।”

आर्थिक वर्ष २०८०/०८१ को सामाजिक विकास इकाई, जनकपुरको कोषबाट २५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको यस सामुदायिक भवनले स्थानीय जनताको बहुपक्षीय आवश्यकताहरू पूरा गर्ने अपेक्षा गरिएको छ । मन्त्री कुशवाहा ज्यूको पहल र प्रयासमा अधूरो अवस्थामा रहेको धर्मशालाको सौन्दर्यकरण सहितको निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी वर्ग, युवाहरू, तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सामुदायिक भवनको निर्माणले स्थानीय विकासमा थप गति ल्याउने विश्वास लिइएको छ ।

स्थानीय बासिन्दाहरूले मन्त्री ज्यूलाई सामुदायिक भवन निर्माणमा देखाउनुभएको सक्रियताका लागि हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । साथै, भविष्यमा पनि यस्तै विकास निर्माणका कार्यहरूलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट