
चन्दन कूमार महतो
रौतहट, माघ २२ गते ।
रौतहट जिल्लाको गौर नगरपालिकामा अवस्थित स्वास्थ्य कार्यालय रौतहट गौर को सभा हलमा एचपिभि खोप अभियान सम्बन्धि जिल्ला स्तरीय खोप समन्वय समिति को सभापति रामअयोध्या राय यादव ले आज एच.पि.भी खोपको उद्घाटन गरि ९ जना छात्रा लाई एच.पि.भी खोप लगाइ आज देखि कार्यक्रमको बिधिवत रुपमा शुभारम्भ गरिएको छ ।
स्वास्थ्य कार्यालय रौतहट गौर को योजनामा स्वास्थ्य कार्यालय को सभा हलमा एक कार्यक्रमको आयोजना गरि आज देखि एच.पि.भी खोप अभियान सञ्चालन गरीएका छन् ।
स्वास्थय कार्यालय रौतहट गौर को कार्यालय प्रमुख राजेश कुमार सिंह मन्तव्य राख्दै लक्ष्य, उदेश्य, उपलब्धी, अवस्थाबारे जानकारी गराउँदै, पाठेघरको मुखको क्यान्सर निवारण, रणनिती, एच.पि.भि.खोप अभियानको औचित्य र सञ्चालन प्रक्रियाबारे खोप समन्वय समिति संचार क्षेत्र र सरोकारवालाहरुको भूमिका र जिम्मेवारी बारे उदेश्यलेले यो अभियान संचालन गरिएको छ ।
तेस्तै यही माघ २२ गते देखि फागुन ६ गते सम्म संञ्चालन हुने एच.पि.भि. खोप अभियानमा ४९ हजार २ सय ६९ छात्रा र किशोरीहरुलाई खोप दिने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय गौर को कार्यालय प्रमुख राजेश कुमार सिंहले जानकारी गराएका हुन् । यो लक्ष्यमा १०० प्रतिशत अनिवार्य खोप लगाउनुु पर्ने उनको भनाई रहेको थियो । औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्य हुने गरेको भन्ने अनुमान गरिएकोले १० वर्ष देखि १४ वर्ष मुनिमा किशोरीहरु कोही पनि नछुटाउन हुनेमा उनले जोड दिए ।
जिल्ला स्तरीय खोप अभियान कार्यक्रममा जिल्ला खोप अभियान को अध्यक्ष तथा जिल्ला समन्वय समिति रौतहट गौरको सभापति रामअयोध्या राय यादव, जिल्ला समन्वय समिति को उप सभापति महेश बैठा, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रौतहट गौर को प्रमुख अमिनय कुमार सिंह, रेडक्रस सोसाइटी जिल्ला शाखाको अध्यक्ष राजकिशोर प्रसाद यादव, स्वास्थ्य कार्यालय रौतहट गौर को कार्यालय प्रमुख राजेश कुमार सिंह, स्वास्थ्य कार्यालय गौरको कर्मचारीहरू, संञ्चारकर्मी लगायतका बिभिन्न संघसंस्था का प्रतिनिधि हरुको उपस्थितिमा एच.पि.भी खोप अभियान जिल्ला स्तरीय उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ ।