https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

झापा, माघ २२ गते ।
झापाको कनकाई नगरपालिका–७, तुलसीबारीमा लागूऔषध कारोबारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली प्रहार गरेको छ। गोली लागेर भारतीय नागरिक अञ्जर आलम घाइते भएका छन्।

प्रहरीका अनुसार आलमको बायाँ खुट्टामा गोली लागेको छ। घटनास्थलमा प्रहरीले ६ राउण्ड गोली प्रहार गरेकोमा एक राउण्ड उनको खुट्टामा लागेको बताइएको छ। आलमलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ।

यस क्रममा अञ्जर आलमका भाइ युसुफ आलमलाई भने प्रहरीले पक्राउ गर्न सफल भएको छ। पक्राउ परेका दुवै जनाको साथबाट करिब ३२ ग्राम ब्राउन सुगर बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय, झापाले जानकारी दिएको छ।

नेपाल–भारत सीमा क्षेत्र नजिक पर्ने तुलसीबारीमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट