https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, माघ २२ गते ।
महोत्तरीकाे मटिहानी नगरपालिका वडा नम्बर १, ३, र ६ का कृषकहरूलाई जलवायु परिवर्तनसँग अनुकूल हुने गरी विभिन्न प्रकारका आधुनिक कृषि उपकरणहरू वितरण गरिएको छ। कोरियन अन्तर्राष्ट्रिय सहयोग निकाय (KOICA) को आर्थिक सहयोग, GGGI र GNI नेपाल को प्राविधिक सहयोग तथा मटिहानी नगरपालिका र आसमान नेपालको सहकार्यमा सञ्चालित “जलवायु मैत्री कृषि परियोजना” अन्तर्गत उक्त उपकरण वितरण गरिएको हो ।

उपकरण वितरण कार्यक्रम मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उनले कृषकहरूको जीवनस्तर uplift गर्न र जलवायु परिवर्तनका असरहरूलाई कम गर्न यस्ता प्रविधिहरूको प्रयोग अत्यावश्यक रहेको बताए ।

कार्यक्रममा नगर उपप्रमुख मञ्जु देवी साह, वडा नम्बर ६ का अध्यक्ष कलीम अन्सारी, GGGI का प्रमुख ईश्वरनाथ श्रेष्ठ, विपद् शाखा प्रमुख राकेश साह, कृषि शाखा प्रमुख सन्ध्या साह, कृषि प्राविधिक टंक प्रसाद उपाध्याय, र आसमान नेपालका परियोजना प्रमुख चेतन थापा लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

परियोजनाका अनुसार, मटिहानी नगरपालिका वडा नम्बर १, ३, र ६ का ६० जना कृषकहरूलाई बिरुवा रोप्ने मेसिन, प्लास्टिक ट्रे, स्प्रेयर, नानो युरिया, क्युल्युर ट्र्याप, पहेंलो ट्र्याप, कोकोपिट जस्ता उपकरणहरू वितरण गरिएको छ ।

कार्यक्रममा आसमान नेपालका परियोजना प्रमुख चेतन थापाले कृषकहरूलाई आधुनिक कृषि प्रविधिको महत्त्व र त्यसले कृषिमा ल्याउने सकारात्मक परिवर्तनबारे जानकारी दिनुभयो। उहाँका अनुसार, जलवायु परिवर्तनका चुनौतीहरूलाई सामना गर्न र कृषकहरूको उत्पादनशीलता वृद्धि गर्न यस्ता उपकरणहरू निकै प्रभावकारी हुनेछन् ।

नगर प्रमुख हरि प्रसाद मण्डलले उपकरण वितरण गर्दै कृषकहरूलाई आधुनिक प्रविधिको सही प्रयोग गर्न अनुरोध गर्दै भन्नुभयो, “कृषिमा आधुनिकता अपनाउनु भनेको उत्पादन मात्र बढाउनु होइन, वातावरण संरक्षण गर्दै आर्थिक समृद्धि तर्फ अग्रसर हुनु पनि हो ।”

नगर उपप्रमुख मञ्जु देवी साहले कृषकहरूलाई जलवायु अनुकूल प्रविधिको प्रयोगबाट उत्पादन लागत घटाउँदै दिगो कृषिमा ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी कृषकहरूले वितरण गरिएका उपकरणहरू उत्पादन वृद्धि र श्रम बचतका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । कृषकहरूलाई यस्ता आधुनिक उपकरणहरू वितरण गरिनु कृषि क्षेत्रको विकासतर्फ महत्वपूर्ण कदम भएको उनीहरूको धारणा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार