https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चमेली कुमारी

मटिहानी, माघ २३ गते ।  

जनताको घरदैलोमै पालिका र वडाबाट प्रदान गरिने सम्पूर्ण सेवा पुर्‍याउने उद्देश्यले मटिहानी नगरपालिकाले आजदेखि एकीकृत घुम्ती सेवा शिविर प्रारम्भ गरेको छ। नगरपालिकाको यो पहलले स्थानीयवासीहरूलाई सजिलो र सहज रुपमा सरकारी सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

उक्त सेवा शिविरको आज एक औपचारिक कार्यक्रमका बीच मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मण्डलज्यू र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्री लालबाबु कवारीज्यूले संयुक्त रूपमा समुद्घाटन गर्नुभयो।

नगर प्रमुख मण्डलज्यूले उद्घाटन समारोहमा बोल्दै यो सेवा शिविर नगरपालिकाका ९ वटै वडाहरूमा क्रमशः सञ्चालन गरिने जानकारी दिनुभयो। शिविरले स्थानीयवासीहरूको दैनिक जीवनलाई सहज बनाउन विभिन्न महत्वपूर्ण सेवा घरदैलोमै पुर्‍याउने उद्देश्य लिएको बताउनुभयो।

शिविरमार्फत प्रदान गरिने प्रमुख सेवाहरू:

  • योजना सम्बन्धि अभिमुखीकरण र योजना समझौता
  • व्यवसाय दर्ता तथा नविकरण
  • जेष्ठ नागरिक परिचयपत्र वितरण
  • अपाङ्गता परिचयपत्रको लागि दरखास्त संकलन
  • निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण
  • माटो परीक्षण (कृषि कार्यका लागि) र कृषि मीटर सिफारिस
  • तरकारीको मिनी किट वितरण
  • गोबर र गर्भ परीक्षण, पशुपंक्षी सम्बन्धी परामर्श तथा औषधी वितरण
  • राजस्व असुली र व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाइँसराइ आदि)
  • स्वास्थ्य बिमा सम्बन्धी सेवा

कार्यक्रम नगर प्रमुख श्री हरि प्रसाद मण्डलज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बलका एसपी श्री विनोद केसीज्यू, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका प्रमुख श्री सुदीप अधिकारीज्यू, उप-प्रमुख श्रीमती मंजू देवी साह, वडा नं. १, २, ३ र ९ का वडा अध्यक्षज्यूहरू, स्वास्थ्य शाखा प्रमुख पवन मण्डल, शिक्षा संयोजक चन्देश्वर साह, विभिन्न शाखाका प्रमुखहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, वडा सचिवहरू तथा स्थानीय समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सेवा शिविरले जनतालाई प्रत्यक्ष लाभ

सेवा शिविरले ग्रामीण तथा दूरदराजका क्षेत्रका नागरिकहरूलाई घरमै सरकारी सेवा उपलब्ध गराउने भएकाले समय, खर्च र झन्झटबाट बच्ने अवसर प्रदान गरेको छ। स्थानीयस्तरमै सेवा प्रवाहको पहुँच विस्तार गर्न मटिहानी नगरपालिकाले लिएको यो कदम अत्यन्तै सराहनीय भएको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।

यस किसिमको कार्यक्रमले नागरिक र स्थानीय सरकारबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास लिइएको छ। नगरपालिका र वडास्तरीय कार्यालयहरूको सहकार्यमा सञ्चालन हुने शिविरले सेवा प्रवाहमा नयाँ आयाम थाप्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार