https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, माघ २३ गते ।
करिब एक वर्ष अघिदेखि छुट्टै बसिरहेको एक दम्पतीको मिलापत्र जिल्ला प्रशासन कार्यालय पर्साले गराएको छ । केही दिन पहिलामात्रै स्थापना गरिएको इजलासमा एक दम्पतीको मिलापत्र भएको हो ।

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ स्थायी घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ बस्ने निरज कुमार रौनियार र नन्दनी रौनियारबीच मिलापत्र भएको उजुरी शाखाका नायब सुब्बा गौरीशंकर गुप्ताले जानकारी गराए ।

गुप्ताका अनुसार करिब एक वर्ष अघि घरेलु हिंसाबाट पिडित रहेकी नन्दनीले जिल्ला प्रशासन कार्यालय पर्सामा आफु हिंसामा परेको भन्दै उजुरी दिएकी थिइन् । श्रीमानले कुटपिट गरेर घरबाट निकालिदिएको भन्दै नन्दनीले उजुरी दिएकी थिइन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको रोहबरमा भएको छलफलका क्रममा दुवै पक्षबीच सहमती भएको हो । अबदेखि कुनै पनि किसिमको हिंसा नगर्ने र मिलेर बस्ने मिलापत्र भएसँगै अब दुबै जना सँगै बस्ने भएका छन् ।

यसका साथै उनीहरुको नागरिकतादेखि बिहे दर्ता र ६ महिनाका छोराको जन्मदर्ता बनाउने प्रक्रिया पनि थालिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालकाअनुसार अहिले इजलासमा दिनहुँ ५ देखि ७ वटासम्म उजुरीमा छलफल हुने गरेको छ । विशेष गरी अभद्र व्यवहार, सार्बजनिक मुद्दा, मीटर ब्याज र ठाडो उजुरी धेरै आउने गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार