https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अजय मिश्रा
कपिलवस्तु, माघ २४ गते ।
युवा अमन सामाजिक विकास केन्द्र, अशच्यारिटेबल फाउंडेशन, इण्डो नेपाल सामाजिक मंचको आयोजनामा शिवराज नगरपालिका वडा नं ७ जवभारीमा संचालित केपिएल प्रिमियर कपले लोकप्रियता पाई रहेको खेल प्रेमी हरू बताएका छन् । 

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा न ७ कपिलवस्तु प्रिमियर लिग (KPL) क्रिकेट प्रतियोगिताको दोस्रो राउन्ड अन्तर्गत जय नेपाल क्रिकेट क्लब, कृष्णनगर र लुम्बिनी प्रदेश क्रिकेट क्लबबीच प्रतिस्पर्धा भएको थियो ।

खेलको टस जय नेपाल क्रिकेट क्लब, कृष्णनगरले जिती पहिला फिल्डिङ गर्ने निर्णय गर्यो। टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश क्रिकेट क्लबले निर्धारित १५ ओभरको खेलमा ५ विकेटको क्षतिमा १५७ रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो ।

१५८ रनको लक्ष्य पछ्याएको जय नेपाल क्रिकेट क्लब, कृष्णनगर १२ ओभरभित्रै अलआउट हुँदै मात्र ८० रनमा सीमित भयो । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै युवराज सेनले ३५ बलमा ६३ रनको महत्वपूर्ण योगदान दिए। साथै, बलिङतर्फ पनि प्रभावशाली प्रदर्शन गर्दै आफ्नो स्पेलको ३ ओभरमा १८ रन खर्चिएर २ महत्वपूर्ण विकेट लिएका थिए ।

उनकै उत्कृष्ट प्रदर्शनका कारण लुम्बिनी प्रदेश क्रिकेट क्लबले सहज जित निकालना  सफल भयो। खेलमा युवराज सेन ‘म्यान अफ द म्याच’ घोषित भए । स्कोररको भूमिका महताब आलम शाहले निर्वाह गरेका थिए ।

कार्यक्रममा आजका विशिष्ट अतिथिमा इप्रका कृष्णनगरका प्रहरी निरिक्षकसुरज खत्री र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरका प्रमुख सुशील पौडेल रहेको आयोजकले जनाएको छ ।

कृष्णनगरका समाजसेवी तथा युवानेताद्वय मिर्जा राशिद, अकरम पठान तथा चन्द्रोटाका युवानेता रहिश शाहको अगुवाईमा भइरहेको उक्त क्रिकेट प्रतियोगिता जिल्लामा पहिलो पटक भएको खेल प्रेमी हरू बतउछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार