https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, माघ २३ गते ।

काठमाडौंको कमलपोखरीमा रहेको एक म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन् । आज बिहान करिब पौने ९ बजे विस्फोट भएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालका अनुसार, “सानदार म:म” नामक पसलमा ग्याँस सिलिण्डर विस्फोट भएको हो । घाइतेमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जनाको अवस्था सामान्य छ ।

घटनाको विवरण

विस्फोटका कारण पसलमा रहेका मानिसहरू घाइते भएका छन्। प्रहरीका अनुसार, घाइतेहरूमध्ये पाँच जनालाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

सबैभन्दा गम्भीर घाइते २४ वर्षीय संजोग मगर (उदयपुर) काे रहेको प्रहरीले जनाएको छ । उनको अवस्था चिन्ताजनक रहेको र उपचार भइरहेको छ ।

घरको संरचना क्षति

विस्फोटपछि पसल रहेको घरको छत (सिलिङ) भत्किएर खसेको छ । घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली र मालीगाउँ प्रहरीको टोली खटिएको छ । प्रहरीले थप खोजी तथा अनुसन्धान जारी राखेको जनाएको छ ।

यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ । घटनाको विस्तृत अनुसन्धानपछि मात्र विस्फोटको यथार्थ कारण खुल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार