
दिपेश कुमार शाह
रौतहट, माघ २४ गते गते ।
रौतहटको कटहरिया नगरपालिका–४ अन्तर्गतका हर्षाहा र बलिरामपुर बासिन्दाहरू डेढ वर्षदेखि खानेपानीको चरम अभाव झेलिरहेका छन्। पानीको अभावले स्थानीयहरूको दैनिकी अत्यन्त कष्टकर बनेको छ भने जनजीवनमा गम्भीर असर परेको छ।
स्थानीय सरकार र खानेपानी व्यवस्थापन समितिले समस्या समाधानका लागि कुनै ठोस कदम नचालेकोमा स्थानीयवासीहरूले आक्रोश व्यक्त गरेका छन्। केही समयअघि नगरपालिकामा ताल्चा लगाएर विरोध गरिएको थियो, तर प्रशासनको निष्क्रियताका कारण समस्या अझै जस्ताको तस्तै छ।
बासिन्दाहरूले नगरप्रमुख अजय प्रकाश जैसवाल र खानेपानी समितिका अध्यक्ष योगेन्द्र शाह तेली को तीव्र आलोचना गर्दै समस्या समाधानका लागि तुरुन्त पहल गर्न माग गरेका छन्।
एक स्थानीय बासिन्दाले भने,
“खानेपानी हाम्रो आधारभूत अधिकार हो। तर, वर्षौँदेखि हामी अभावमा छौँ। नगरपालिकाले हाम्रो पीडा बुझ्नुपर्छ र तत्काल समाधान खोज्नुपर्छ।”
पत्रकार दिपेश कुमार शाह का अनुसार, नगरपालिकालाई पटक–पटक जानकारी गराउँदा पनि कुनै ठोस पहल भएको छैन। स्थानीय सरकारले कुनै योजना अघि नबढाएकोमा जनतामा असन्तोष बढ्दो छ।
खानेपानी अभावका कारण विद्यालय, अस्पताल, तथा घरायसी काममा गम्भीर असर परेको छ।
स्थानीयवासीहरूले चेतावनी दिँदै भनेका छन्,
“यदि तुरुन्तै समाधान नखोजिए थप कडा आन्दोलन गर्न बाध्य हुनेछौँ।”
अब, सबैको ध्यान नगरप्रमुख अजय प्रकाश जैसवाल र खानेपानी समितिका अध्यक्ष योगेन्द्र शाह तेली ले यस समस्यालाई कसरी सम्बोधन गर्छन् भन्नेमा केन्द्रित छ।
स्थानीय बासिन्दाहरूले तत्काल उचित कदम चाल्न नगरपालिकालाई आग्रह गरेका छन्।