https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
महाेत्तरी, माघ २६ गते ।
नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय श्री बलराम अधिकारी आज महोत्तरीको मटिहानीस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा पुग्नुभएको छ । उहाँले मठमा पूजा-आराधना गर्नुका साथै लक्ष्मी सागरमा धार्मिक विधिवत आरती सम्पन्न गर्नुभयो ।

मन्त्री अधिकारी मटिहानी आइपुग्दा नगरपालिकाका नगर प्रमुख श्री हरी प्रसाद मण्डलले उहाँलाई स्वागत एवं सम्मान गर्नुभयो । सो अवसरमा नगर प्रमुख मण्डलले मटिहानी बजार र मठको जग्गाबाट उठ्ने कर सम्बन्धी समस्या बारे जानकारी गराउनु भयो ।

नगर प्रमुखले उठाएको विषयमा मन्त्री अधिकारीले गम्भीर ध्यान दिँदै मटिहानी बजार लगायत गुठीसम्बन्धी समस्याहरू समाधान गर्न समिति गठन गरिने आश्वासन दिनुभयो । गुठी जग्गासँग सम्बन्धित कानुनी प्रक्रिया र व्यवस्थापनका लागि आवश्यक पहल गरिने उहाँले बताउनुभयो ।

मन्त्री अधिकारीको यस भ्रमण तथा अवलोकन कार्यक्रममा गुठी संस्थानका प्रशासक श्री शैलेश राज कुँवर, सहायक प्रशासक श्री बैकुण्ठ रेग्मी, सञ्चालक सदस्य श्री दीपक राज पाठकलगायत स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

त्यसै क्रममा लक्ष्मीनारायण मठ मटिहानीका उत्तराधिकारी रविन्द्र दास वैष्णवले पनि मन्त्री अधिकारीलाई स्वागत एवं सम्मान गर्नुभयो । धार्मिक एवं सांस्कृतिक धरोहरहरूको संरक्षण तथा व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको मन्त्री अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार