
राजेश सिंह
महोत्तरी, माघ २६ गते ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधारभूत संगठन निर्माण अभियान महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर १२ मा सम्पन्न भएको छ ।
वडा समिति अध्यक्ष रामआश्रय यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अभियन्ता एवं जसपाका केन्द्रीय सदस्य श्याम यादवले संगठन निर्माण अभियानलाई सुदृढ पार्ने उद्देश्यका साथ कार्यक्रम गरिएको बताए । अर्को कुराे आदिवासी, जनजाति र मुस्लिम सामुदाय हकहितको लागि लडने एउटा मात्र पार्टी हाे । जुन पार्टी हाम्रो जसपा नेपाल हाे । किनकि सात प्रदेश मध्ये एउटै मधेस प्रदेश हाे जसमा जसपा नेपालले मुस्लिम सामुदाय प्रतिनिधित्व गर्ने माे. लालबाबु राउतलाई मुख्यमन्त्री बनाएको हामी सबैले देखि सकेको अभियान्ता यादवले बताए ।

कार्यक्रममा जसपाका महा-सचिव रामकुमार शर्मा, केन्द्रीय सदस्यहरू रामदरेश यादव, इन्दु शर्मा, केन्द्रीय सल्लाहकार हरिनारायण मण्डल, इसुफ साफी, सन्जय सिंह, जिल्ला अध्यक्ष रामप्रकाश यादव, जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, नेता दिपेन्द्र यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

वक्ताहरूले पार्टीको संगठन सशक्त बनाउन जनस्तरमा अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए । साथै, स्थानीय तहमा पार्टीको उपस्थिति मजबुत बनाउँदै आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन निर्माणलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको महा-सचिव राम कुमार शर्माले बताउनुभयो ।
कार्यक्रमले जसपा नेपाललाई महोत्तरीमा थप सक्रिय बनाउने विश्वास गरिएको छ ।