
गाैशाला, माघ २८ गते ।
महाेत्तरीकाे मटिहानी नगरपालिकाद्वारा आयोजित एकीकृत घुम्ती सेवा शिविर आज छैठौं दिन वडा नं. ६ स्थित वडा कार्यालय, मटिहानीमा सम्पन्न भयो ।
शिविरमा विभिन्न शाखाहरूबाट सेवाग्राहीहरूलाई सेवा प्रदान गरिएको थियो । स्वास्थ्य शाखाबाट १८० जना, आयुर्वेद शाखाबाट ८२ जना, पशु शाखाबाट २३० जना, कृषि शाखाबाट १७० जना, रोजगार सेवा केन्द्रबाट ४० जना, स्वास्थ्य बीमा शाखाबाट १३ जना, ज्येष्ठ नागरिक परिचयपत्र वितरणबाट ९ जना, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाबाट ६ जना सेवाग्राही लाभान्वित भएकाे नगर प्रमुख : हरि प्रसाद मण्डलले जनाए ।
कुल ७३० जना सेवाग्राहीहरूले सेवा प्राप्त गरेका यस शिविरमा नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, प्राविधिक र अन्य सरोकारवाला निकायहरूको सक्रिय उपस्थिति रहेको थियो । स्थानीय नागरिकहरूले शिविरलाई उपयोगी मान्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन नगरपालिकासँग आग्रह गरेका छन् ।


















