
गाैशाला, माघ २८ गते ।
जलवायु मैत्री कृषि परियोजना अन्तर्गत प्रविधि हस्तान्तरण तथा व्यवसाय प्रबर्द्धन कार्यक्रम सम्पन्न भएको छ । साेमबार बलवा नगरपालिका ६ स्थिति स्वास्थ्य चाैकीकाे प्रांगणमा एक कार्यक्रमकाे आयोजना गरि कृषकहरूले जलवायु अनुकूल कृषि प्रविधिहरूको प्रयोग गर्न सकून् भनेर विभिन्न आधुनिक कृषि उपकरणहरू हस्तान्तरण गरिएका छन् ।
परियोजना अन्तर्गत कृषक समूह, महिला कृषकहरू तथा बेरोजगार युवा वर्गलाई लक्षित गर्दै व्यावसायिक कृषि तालिम तथा सहजीकरण प्रदान गरिएको छ। कृषकहरूले जलवायु अनुकूल कृषि प्रविधिहरूको प्रयोग गर्न सकून् भनेर विभिन्न आधुनिक कृषि उपकरणहरू हस्तान्तरण गरिएका छन्। कृषक समूहलाई Hand Ridger, Soil Tiller, Weeding Cultivator, Post Hole Digger, Push Seeder, Staking Rope, तथा Cue Lure Trap Set वितरण गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राम विजय महताेले कार्यक्रमलाई सम्बाेधन गर्दै यस्ता किसिमका उपकरणहरूको प्रयोगले कृषकहरूलाई माटो तयारी, झार नियमन, रोपाइँ तथा बीउ छराइ जस्ता कार्यहरूमा सजिलो हुने उहाँले बताए ।
जलवायु परिवर्तनको असरका कारण कृषिमा देखिएको चुनौतीलाई सामना गर्न KOICA, Good Neighbors International तथा GGGI र आसमान नेपालकाे प्राविधिक सहयोग एवं नेपाल सरकारको सहकार्यमा “जलवायु मैत्री कृषि परियोजना” सञ्चालनमा ल्याइएको छ। यो परियोजना धनुषा र महोत्तरी जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। परियोजनाले कृषकहरूलाई जलवायु अनुकूल कृषि अभ्यासमा प्रवर्द्धन गर्दै आयआर्जनका अवसरहरू विस्तार गर्ने लक्ष्य राखेको छ।
परियोजनाले विशेष गरी महिला तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई कृषिमा पुनःसंलग्न गराउने उद्देश्य राखेको छ। व्यावसायिक कृषि व्यवस्थापन, जलवायु अनुकूल प्रविधिहरूको प्रयोग र कृषि उपजको बजारिकरणसम्बन्धी प्रशिक्षण प्रदान गरी स्वरोजगारका अवसरहरू सिर्जना गर्ने कार्य भइरहेको छ।
परियोजना धनुषा र महोत्तरी जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरूमा कार्यान्वयन भइरहेको छ। स्थानीय कृषक समूहहरू, युवा कृषक उद्यमीहरू, महिला कृषक समूहहरू, बेरोजगार युवा वर्ग विशेषगरी विदेशबाट फर्किएका युवा यसका प्रमुख लाभार्थी छन्।
परियोजनाले कृषक समुदायलाई जलवायु मैत्री कृषि प्रविधिहरूको प्रयोगमा अभ्यस्त गराउँदै उत्पादन वृद्धिमा सहयोग गर्ने लक्ष्य लिएको छ। कृषकहरूले आधुनिक प्रविधिहरू प्रयोग गर्न थालेपछि उत्पादनमा वृद्धि देखिएको र कम लागतमा उच्च उत्पादन लिन सकिने सम्भावना बढेको स्थानीय अधिकारीहरूले बताएका छन्।
स्थानीय कृषकहरूले यस्तो परियोजनालाई उपयोगी भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरेका छन्।
कार्यक्रममा नगर प्रमुख : राम विजय महताे, उप-मेयर राम दुलारी ठाकुर, वडा नं. ६ काे अध्यक्ष बैधनाथ झा लगायत विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरु, कार्यपालिका सदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न कृषक समुहका अध्यक्ष तथा सदस्यहरु, जलवायु मैत्री कृषि परियोजना टिम लगायत कृषकहरूका उपस्थिति रहेको थियोे ।















