
गाैशाला, माघ २८ गते ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) द्वारा सञ्चालित “जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान” अन्तर्गत समाजवादी मुस्लिम संघ र समाजवादी दलित संघ, पर्सा जिल्ला समितिको पुनर्गठन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
पुनर्गठन कार्यक्रममा जसपा नेपालका केन्द्रीय महासचिव तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री एवम् वर्तमान प्रदेश सभा सदस्य लालबाबु राउत, मधेश प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य सिङ्गासन साह कलवार, पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य शेख अबुल कलाम आजाद (फुलाबाबू), मुस्लिम विभाग प्रमुख युसुफ अली, मौलाना नुरुल होदा, जसपा नेपाल पर्साका जिल्ला अध्यक्ष रामनरेश यादव, फिरोज मन्सुर, जसपा नेपाल पर्साका नेता शशि कपूर मिया, बृजमोहन तिवारी, बसिर हवारी, जसपा वीरगंज महानगर अध्यक्ष निरंजन पटेल, समाजवादी मुस्लिम संघ मधेश प्रदेश अध्यक्ष मुशाहिद हुसैन लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नबी आलम राउत गद्दीको अध्यक्षतामा समाजवादी मुस्लिम संघ, पर्सा जिल्ला समिति गठन गरिएको छ भने राजदेव पासवानको अध्यक्षतामा समाजवादी दलित संघ, पर्सा जिल्ला समिति पुनर्गठन गरिएको छ।
नवनिर्वाचित समिति पदाधिकारीहरूलाई कार्यक्रममा उपस्थित नेताहरूले बधाई तथा शुभकामना दिएका छन्। समाजवादी मुस्लिम संघ र समाजवादी दलित संघका नवगठित समितिले स्थानीय तहमा पार्टी संगठनलाई थप मजबुत बनाउने, दलित तथा मुस्लिम समुदायका मुद्दाहरूलाई उठाउने, तथा सामाजिक न्याय र समानताको पक्षमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
संगठन विस्तार र सशक्तीकरणको प्रतिबद्धता
जसपा नेपालका नेताहरूले यस पुनर्गठन कार्यक्रमको माध्यमबाट पार्टीको संगठन अझ सशक्त बन्ने विश्वास व्यक्त गरेका छन्। स्थानीय तहमा दलित र मुस्लिम समुदायको हकहितको संरक्षण र समृद्धिका लागि नवगठित समितिहरूले महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ।
कार्यक्रमका प्रमुख अतिथिहरूले नवगठित समितिलाई आगामी दिनमा संगठन विस्तार, स्थानीय तहमा पार्टीको प्रभाव वृद्धि, तथा समुदायका अधिकार संरक्षणका लागि सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
नवगठित समाजवादी मुस्लिम संघ र समाजवादी दलित संघ, पर्साका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।











