https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अजय मिश्रा
कृष्णनगर, माघ २९ गते ।

कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजनामा तथा छन्द कालेबाबु नारायणी आंखा अस्पतालको प्रविधिक सहयोगमा सञ्चालित नि:शुल्क आंखा शिविरबाट ४६८ जना सेवाग्राहीहरू लाभान्वित भएका छन्।

उद्योग वाणिज्य संघ कृष्णनगरको भवनमा सञ्चालन गरिएको उक्त शिविरमा २४५ जना महिला र २२३ जना पुरुषले आँखा जाँच तथा उपचार सेवा लिएका छन्। संघका कोषाध्यक्ष प्रतिक अग्रवालका अनुसार शिविरमा मोतियाबिंद, दृष्टिदोष तथा अन्य आँखा सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार गरिएको थियो।

११९ जनामा मोतियाबिंद, १९७ जनालाई नि:शुल्क चश्मा वितरण

संघका सचिव रिशब अग्रवालका अनुसार ११९ जना बिरामीमा मोतियाबिंदको समस्या पत्ता लागेको छ। तिनको शल्यक्रिया माघ ३० र फागुन १ गते छन्द कालेबाबु नारायणी अस्पताल, बहादुरगंजमा गरिनेछ। साथै, १९७ जना सेवाग्राहीलाई नि:शुल्क चश्मा वितरण गरिएको थियो।

कार्यक्रममा नि:शुल्क औषधि वितरण पनि गरिएको थियो। मोतियाबिंदको शल्यक्रियापछि बिरामीहरूलाई औषधि तथा चश्मा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नशरूल्ला खाले दिने बताए।

शल्यक्रियाका लागि नि:शुल्क बससेवा उपलब्ध

अस्पतालका आउटरिच क्वार्डिनेटर हरा भण्डारीका अनुसार मोतियाबिंद शल्यक्रियाका लागि बिरामीहरूलाई नि:शुल्क बससेवा प्रदान गरिएको छ। बिरामीहरूलाई सहजै अस्पतालसम्म पुर्‍याएर उपचार गराउने व्यवस्था मिलाइएको उनले जानकारी दिए।

सेवाग्राहीलाई फलफूल वितरण

शिविरमा आउने सेवाग्राहीहरूलाई गणेश प्लाइउड इन्डस्ट्रीज तथा भन्सार एजेन्ट गोपाल गोयलको सहयोगमा फलफूल वितरण गरिएको थियो।

समाजोपयोगी कार्यक्रमको प्रशंसा

शिविरमा उपस्थित नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य कुनाल प्रताप शाहले उद्योग वाणिज्य संघ कृष्णनगरको प्रयास प्रशंसनीय रहेको बताए। उनले यस्ता कार्यक्रमहरूले समाजमा स्वास्थ्य सचेतनाको विकास गर्न सहयोग पुग्ने बताए।

स्वयंसेवी तथा अस्पताल टोलीलाई सम्मान

शिविर सफल बनाउन खटिएका छन्द कालेबाबु नारायणी अस्पतालका प्रविधिक टोलीलाई उद्योग वाणिज्य संघका अध्यक्ष रितेश शर्माले सम्मान पत्र तथा कोसेली प्रदान गरेका थिए। उनले आगामी दिनमा पनि समाजलाई प्रत्यक्ष रूपमा फाइदा हुने कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।

स्वास्थ्य सेवामा सबैको योगदान

कार्यक्रममा पूर्व वडाध्यक्ष सञ्जय कुमार गुप्ता, संघका सल्लाहकार धन्नजय सिंह, अशोक गुप्ता, युवराज पोखरेल, गौरवमणी त्रिपाठी, कार्यसमिति सदस्यहरू वीरेन्द्र मौर्य, सन्दीप जयसवाल, गज्जु चौहान, पवन अग्रवाल लगायतका व्यक्तित्वहरू तथा संघका कर्मचारीहरू सेवाग्राहीलाई सेवा दिन खटिएका थिए।

छन्द कालेबाबु नारायणी अस्पतालका रजनीश श्रीवास्तव सहित ७ जनाको प्रविधिक टोली शिविरमा सक्रिय रूपमा सहभागी थिए ।

शिविरको सफल आयोजनाले कृष्णनगर र आसपासका क्षेत्रका मानिसहरूलाई ठूलो राहत दिएको छ । नि:शुल्क सेवा तथा शल्यक्रियाका लागि आवश्यक सबै व्यवस्था मिलाइनु, फलफूल वितरण, तथा प्रविधिक टोलीको सम्मानजस्ता कार्यहरूले समाजमा सकारात्मक सन्देश दिएको छ । उद्योग वाणिज्य संघ कृष्णनगरले यस्ता समाजोपयोगी कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएकाले भविष्यमा पनि जनहितका यस्ता सेवा अभियानहरू आयोजना हुने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार