https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, माघ २९ गते ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-७ अन्तर्गत सञ्चालनमा रहेको मटिहानी पशु सेवा केन्द्र शाखा तथा आधारभूत स्वास्थ्य चौकीको कम्पाउण्डवाल निर्माण तथा ग्रिल गेट जडान कार्यको शिलान्यास आज नगर प्रमुख हरि प्रसाद मण्डल र वडा नं. ७ का वडा अध्यक्ष जितनारायण माझीले संयुक्त रूपमा गरेका छन्।

प्राविधिक दिनेश साहका अनुसार करिब ९ लाख रुपैयाँ लागतमा कम्पाउण्डवाल निर्माण तथा ग्रिल गेट जडान कार्य सम्पन्न गरिनेछ। यसले पशु सेवा केन्द्र र स्वास्थ्य चौकीमा सेवा लिन आउने स्थानीय बासिन्दाहरूलाई थप सुविधा प्रदान गर्नुका साथै सुरक्षा व्यवस्था मजबुत बनाउने विश्वास गरिएको छ।

शिलान्यास कार्यक्रममा वडा नं. ३ र ९ का वडा अध्यक्षहरू, वडा सदस्यहरू तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले नगरपालिकाले सञ्चालनमा ल्याएको यो योजना प्रभावकारी हुने विश्वास व्यक्त गर्दै जनताको प्रत्यक्ष हितमा केन्द्रित कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको उल्लेख गरे।

नगर प्रमुख हरि प्रसाद मण्डलले स्वास्थ्य र पशुपालन क्षेत्रको पूर्वाधार विकासमा नगरपालिकाले विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे। कम्पाउण्डवाल निर्माणपछि सेवा केन्द्र र चौकीको संरचना थप सुरक्षित हुने र सेवाग्राहीहरूलाई सहज वातावरण उपलब्ध गराउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार