https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, माघ २९ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-६, जरलहवा बस्तीका आगलागी पीडित परिवारहरूलाई नेपाल मुस्लिम महिला कल्याण समाजले न्यानो कपडा तथा विभिन्न सामग्री वितरण गरेको छ।

नेपाल मुस्लिम महिला कल्याण समाजकी महोत्तरी अध्यक्ष गुलिस्ता प्रविणका अनुसार गर्भवती, सुत्केरी, किशोरीहरू तथा वृद्धवृद्धाहरूलाई चिसोबाट जोगाउन न्यानो कपडा तथा सेनेटरी सामग्री वितरण गरिएको हो।

पीडितहरूमध्ये ९ जना गर्भवती महिलालाई न्यानो कपडा, २० जना सुत्केरी तथा ८ जना वृद्धवृद्धालाई न्यानो सल, साथै ५० जना किशोरीलाई सेनेटरी प्याड प्रदान गरिएको छ।

गत २०७९ वैशाख १२ गते बुधबार भएको आगलागीबाट १०० वटा घर जलेर नष्ट भएका थिए, जसमा ९१ कच्ची घर र ९ अर्धपक्की घरहरू समावेश थिए। उक्त आगलागीका कारण ४६२ जना प्रभावित भएका थिए भने करिब १५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

मटिहानी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कलिम अन्सारीको उपस्थितिमा सम्पन्न सामग्री वितरण कार्यक्रममा पीडितहरूले मुस्लिम महिला समाजलाई सहयोगका लागि धन्यवाद दिएका थिए।

पीडित परिवारहरूले आफूहरू गुठीको जग्गामा बसोबास गरिरहेका कारण सरकारले पुनर्निर्माणमा सहयोग नगरेको गुनासो गर्दै मुस्लिम समाजलाई आवास निर्माणका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार