https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अजय मिश्रा
कृष्णनगर, माघ २९ गते

कपिलवस्तुको कृष्णनगर नगरपालिका-२, लिंकगेट नजिकैबाट लागू औषध (ब्राउन सुगर) सहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीको नेतृत्वमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट MH 02 CD 1526 नम्बरको कार रोकी चेकजाँच गर्ने क्रममा २६० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर, पोष्ट बढ्नी, ग्राम दुधवानिया बुजुर्ग निवासी ३६ वर्षीय इकरामुद्दीन१९ वर्षीय नसिम खान रहेका छन्। इकरामुद्दीनको शरीर खानतलासी गर्दा १०० मिलिग्राम ब्राउन सुगर भेटिएको थियो भने कारभित्र थप १६० मिलिग्राम ब्राउन सुगर लुकाइराखेको अवस्थामा फेला परेको थियो।

इलाका प्रहरी कार्यालय कृष्णनगरले पक्राउ परेका दुवै जनालाई कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जनाएको छ।

प्रहरी निरीक्षक सुरज खत्रीको सक्रियता

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्री लागुऔषध कारोबारविरुद्ध कडा कदम चाल्दै आएका छन्। विभिन्न स्थानबाट लागू औषध कारोबारी पक्राउ गर्दै उनले हजारौँ युवालाई यो कुलतमा फस्नबाट जोगाएको भन्दै स्थानीय बुद्धिजीवीहरू खत्रीको खुलेर प्रशंसा गर्छन्।

लागू औषध नियन्त्रण अभियानमा उत्कृष्ट योगदान पुर्‍याएबापत जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले केही महिनाअघि उनलाई महिनाको उत्कृष्ट प्रहरी घोषित गरी सम्मानसमेत गरिसकेको छ।

पछिल्लो पक्राउ परेका इकरामुद्दीन र नसिम खान लागू औषध कारोबारमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। अनुसन्धानपछि उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार