https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, माघ २९ गते ।

मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले आफ्नो चार वर्षे कार्यकालको समापन गर्दै विगतका उपलब्धिहरू सार्वजनिक गरेका छन् । २०७७ माघ २९ गतेदेखि २०८१ माघ २९ गतेसम्मको अवधिमा सञ्चार क्षेत्रको नियमन, प्रवर्द्धन तथा सुधारका लागि विभिन्न नीति, कार्यक्रम तथा संरचनागत सुधारहरू गरिएका छन्।

मंगलबार प्राधिकरणकाे कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले प्राधिकरणले न्यून स्रोत, साधन र जनशक्तिका बाबजुद प्रदेशभित्र सञ्चारमाध्यमहरूको दर्ता, नियमन, अनुगमन, पत्रकारहरूको हकहित संरक्षण तथा प्रविधिमैत्री सञ्चार सेवाको विस्तार जस्ता महत्त्वपूर्ण कार्यहरू सम्पन्न गरेको उहाँले बताए । अध्यक्ष यादवले कार्यकालको समापनका क्रममा आफूले नेतृत्व गरेको प्राधिकरणले सञ्चारकर्मी तथा सञ्चार संस्थाहरूको सशक्तीकरणमा खेलेको भूमिकाको उल्लेख गरे।


प्राधिकरणको स्थापनादेखि हालसम्मका मुख्य उपलब्धिहरू

१. सञ्चार कानुनी संरचनाको विकास

मधेश प्रदेशमै सञ्चार क्षेत्रको नियमन र व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न कानुनी संरचनाहरू निर्माण तथा कार्यान्वयन गरियो।

  • प्रदेश सञ्चार ऐन २०७७ र नियमावली २०७७ लागू गरियो।
  • लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि २०७९ पारित गरी सरकारी विज्ञापन वितरणलाई व्यवस्थित गरियो।
  • पत्रकार स्वास्थ्य तथा दुर्घटना बीमा कार्यविधि २०७९ लागू गरियो।

२. सञ्चारमाध्यमहरूको नियमन तथा अभिलेखीकरण

प्रदेशभर सञ्चालित सञ्चारमाध्यमहरूको कानुनी दर्ता, नवीकरण तथा अनुगमन गरी पारदर्शिता कायम गरियो।

  • हालसम्म ३२ रेडियो स्टेशन, १५ टेलिभिजन च्यानल, ५४ अनलाइन समाचार पोर्टल तथा ८७ पत्रपत्रिका दर्ता गरियो।
  • सञ्चारमाध्यमहरूको कार्यसम्पादन मूल्यांकन गर्दै वार्षिक नवीकरण प्रक्रियालाई व्यवस्थित गरियो।
  • अनलाइन सञ्चारमाध्यमहरूका लागि नयाँ प्रविधिमैत्री दर्ता तथा नियमन प्रणाली लागू गरियो।

३. पत्रकार क्षमता विकास तथा सुरक्षा प्रवर्द्धन

मधेश प्रदेशका सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि तथा सुरक्षालाई प्राथमिकता दिइयो।

  • पाँच सयभन्दा बढी पत्रकारहरूलाई विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रम प्रदान गरियो।
  • पत्रकारिता अध्ययन छात्रवृत्ति कार्यक्रम अन्तर्गत १५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरियो।
  • पत्रकार स्वास्थ्य तथा दुर्घटना बीमा योजना अन्तर्गत हालसम्म ३१८ जना पत्रकारहरूको बीमा गरिएको छ।
  • चालु आर्थिक वर्षमा प्रदेशका सम्पूर्ण सक्रिय पत्रकारहरूलाई रु. १ लाख बराबरको स्वास्थ्य बीमा तथा रु. ७ लाख बराबरको दुर्घटना बीमा गराउने नीतिगत सम्झौता गरियो।

४. लोककल्याणकारी विज्ञापन वितरणको सुधार

प्रदेश सरकारका सूचनाहरू सञ्चारमाध्यमहरूमार्फत प्रभावकारी रूपमा सम्प्रेषण गर्न तथा सञ्चारमाध्यमहरूको आर्थिक स्रोत सुनिश्चित गर्न लोककल्याणकारी विज्ञापन व्यवस्थापन सुधार गरियो।

  • विज्ञापन वितरणका लागि पारदर्शी मापदण्ड अपनाइयो।
  • स्थानिय सञ्चारमाध्यमहरूलाई प्राथमिकता दिँदै विज्ञापन वितरण प्रणालीलाई डिजिटल बनाउने प्रक्रिया अघि बढाइयो।

५. सञ्चार प्रविधि तथा डिजिटलाइजेशन

सञ्चार प्रविधिको प्रयोग तथा अनलाइन प्लेटफर्महरूको व्यवस्थापनमा सुधार ल्याउने कार्य अघि बढाइयो।

  • डिजिटल पत्रकारिता प्रवर्द्धन गर्दै पत्रकारहरूको डिजिटल सुरक्षा तथा साइबर सुरक्षा सम्बन्धी तालिमहरू प्रदान गरियो।
  • अनलाइन मिडिया व्यवस्थापन तथा नियमनका लागि नयाँ सफ्टवेयर तथा डाटाबेस प्रणाली विकास गरियो।

आगामी योजनाहरू

प्राधिकरणले आगामी वर्षहरूमा सञ्चार क्षेत्रमा अझ व्यापक सुधार तथा विकासका योजनाहरू अघि सारेको छ।

  • सञ्चार ऐन संशोधन तथा कार्यान्वयन
  • पत्रकारिता अध्ययन छात्रवृत्ति कार्यक्रमलाई विस्तारित गर्दै बढी विद्यार्थीहरूलाई समेट्ने
  • प्रेस प्रतिनिधि प्रमाण-पत्र वितरण कार्यलाई प्रभावकारी बनाउने
  • डिजिटल सञ्चार प्रवर्द्धन गर्दै अनलाइन मिडियाहरूको नियमनलाई थप व्यवस्थित बनाउने
  • रेडियो तथा टेलिभिजन प्रसारण प्रविधिमा सुधार गर्दै नवीनतम प्रविधिहरूको प्रयोग गर्ने

अध्यक्ष यादवको अभिव्यक्ति

चार वर्षे कार्यकालको समापन गर्दै अध्यक्ष यादवले सञ्चार क्षेत्रको प्रवर्द्धनका लागि साथ, सहयोग तथा विश्वास दिने सबै सञ्चारकर्मी, सरोकारवाला निकाय तथा प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरे।

उनले भने, “यो चार वर्षे अवधिमा प्राधिकरणले धेरै चुनौतीहरू सामना गर्दै सञ्चार क्षेत्रको विकासका लागि महत्त्वपूर्ण सुधारहरू गरेको छ। हामीले नीति निर्माण, सञ्चारमाध्यमहरूको प्रवर्द्धन तथा सञ्चारकर्मीहरूको सुरक्षा र क्षमता अभिवृद्धिमा विशेष ध्यान दिएका छौँ। हामीले अघि सारेका योजनाहरूको प्रभावकारी कार्यान्वयन भएमा प्रदेशमा सञ्चार क्षेत्र अझ व्यवस्थित, प्रविधिमैत्री र पारदर्शी बन्नेछ।”

प्रतिक्रिया

सम्बन्धित समाचार