
राजन चाैधरी
बाराकाे पचरौता नगरपालिकामा एचपीभी (HPV) खोप अभियानसम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा पत्रकार तथा विद्यालय शिक्षकहरूलाई खोप अभियानका लक्ष्य, उद्देश्य, उपलब्धि, र सञ्चालन प्रक्रियाबारे जानकारी गराइयो।

कार्यक्रमको उद्देश्य पाठेघरको मुखको क्यान्सर निवारणसम्बन्धी रणनीति, एचपीभी खोपको औचित्य, तथा खोप समन्वय समिति, सञ्चार क्षेत्र, र सरोकारवालाहरूको भूमिका र जिम्मेवारीबारे छलफल गर्नु रहेको थियो। साथै, अभियान सफल बनाउन स्थानीय स्तरबाट आवश्यक थप सहयोगबारे पनि छलफल गरिएको थियो।

पचरौता नगरपालिकामा एचपीभी खोप अभियान आगामी फागुन ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने छ। स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र प्रसाद साहका अनुसार अभियानमा छात्रा तथा किशोरीहरूलाई खोप दिने लक्ष्य राखिएको छ।
कार्यक्रममा नगर प्रमुख जलंधर सिंह, उपप्रमुख नसीमा खातुन, निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरी साह, स्थानीय सरकार प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष लक्ष्मी यादव, गगनदेव प्रसाद यादव, धेनुक राउत कुर्मी, प्रेम चौधरी, शिक्षा संयोजक बसन्तराज जोशी, शिक्षा सहायक मुकेश सिंह, समाजसेवी भैयाराम सहनी, विद्यालयका शिक्षक, सञ्चारकर्मी तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रमका प्रशिक्षक विजय शंकर ठाकुर रहेका थिए।
