
नेपालका प्रसिद्ध ज्योतिष गुरु डा. विवेक पाण्डेयद्वारा प्रस्तुत राशिफल:
मेष (Aries)
प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ र आम्दानी पनि बढ्नेछ।
वृष (Taurus)
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर पाइनेछ।
मिथुन (Gemini)
नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।
कर्कट (Cancer)
प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ र आम्दानी बढ्नेछ।
सिंह (Leo)
रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ।
कन्या (Virgo)
सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउन सक्छ।

तुला (Libra)
प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट फाइदा उठाउने मौका छ।
वृश्चिक (Scorpio)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।
धनु (Sagittarius)
विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।
मकर (Capricorn)
काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ।
कुम्भ (Aquarius)
सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ।
मीन (Pisces)
अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
प्रकाशक: प्रसिद्ध ज्योतिषगुरु डा. विवेक पाण्डेय
(जन्मकुण्डली, हस्तरेखा, तथा वास्तु परामर्शका लागि ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुन्छ।)