
राजेश सिंह
गाैशाला, फाल्गुन २ गते ।
महोत्तरीको गौशाला नगरपालिकाले बेरोजगार व्यक्तिहरूलाई न्यूनतम रोजगारीमा संलग्न गराउनका लागि सूचीकरण प्रक्रिया सुरु गरेको छ। यसका लागि इच्छुक बेरोजगारहरूले निवेदन दिनुपर्ने सूचना नगरपालिकाले जारी गरेको छ ।
रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा ११ को उपदफा १, रोजगारीको हक सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०७७ को नियम ७ को उपनियम १ तथा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बेरोजगार व्यक्तिहरूको सूचीकरण गरिँदैछ ।

१०० दिनको न्यूनतम रोजगारी अवसर
गौशाला नगरपालिकाका प्रधानमन्त्री रोजगार सेवा केन्द्रका संयोजक नवनित झाका अनुसार रोजगार सेवा केन्द्रमार्फत १०० दिन बराबरको न्यूनतम रोजगारी प्रदान गरिनेछ। तर, त्यसका लागि इच्छुक बेरोजगार व्यक्तिहरूले सूचीकरण गर्न अनिवार्य छ।
सूचीकरणको प्रक्रिया
- योग्यता: १८ वर्ष पूरा भइसकेका र ५९ वर्ष ननाघेका बेरोजगार व्यक्तिहरू
- निवेदन दिने स्थान: स्थायी बसोबास रहेको वडा कार्यालय
- समय सीमा: फागुन १ गतेदेखि फागुन २९ गतेभित्र
- आवश्यक कागजात: तोकिएको ढाँचामा निवेदन पेश गर्नुपर्ने
नगरपालिकाले सम्पूर्ण इच्छुक बेरोजगारहरूलाई निर्धारित मितिभित्र निवेदन दिन आग्रह गरेको छ । यसका साथै, स्थानीय तहहरूले पनि एकै पटक सूचना प्रकाशित गरी सूचीकरण प्रक्रिया अघि बढाएका छन् ।