
राजेश सिंह
महोत्तरी, फाल्गुन ३ गते ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) द्वारा सञ्चालन गरिएको आधारभूत संगठन निर्माण अभियान अन्तर्गत महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर १० स्थित सारी गाउँमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ।
जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री हरिनारायण यादवले कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले संगठनलाई मजबुत बनाउन स्थानीय तहमा सक्रिय सदस्यता विस्तार गर्नु आवश्यक रहेको उहाँले बताए । जसपा नेपालले समाजका सबै वर्ग, समुदाय र जातजातिलाई समान अवसर दिने, समावेशी लोकतन्त्रलाई मजबुत बनाउने र आर्थिक-सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्य लिएको भन्दै नेताहरूले पार्टीको सिद्धान्त र उद्देश्यलाई स्थानीयस्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उहाँले बताए ।

संगठन निर्माण अभियानले महोत्तरी जिल्लामा जसपा नेपालको जनसंपर्क वृद्धि गर्दै कार्यकर्ताको मनोबल उच्च बनाउने विश्वास गरिएको केन्द्रीय सदस्य श्याम यादवले बताए । उहाँले स्थानीय नेताहरूले यसलाई ऐतिहासिक अवसरका रूपमा लिँदै संगठनलाई अझ मजबुत बनाउन निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जसपा नेपालले विभिन्न जिल्लाहरूमा संगठन निर्माण अभियान तीव्र बनाइरहेको छ, जसले पार्टीलाई आगामी निर्वाचनमा अझ प्रभावशाली बनाउने अपेक्षा गरिएको उहाँले जनाए ।
उक्त कार्यक्रममा बिकाउ दासको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री हरिनारायण यादव उपस्थित रहेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य श्याम यादव, प्रदेश समिति सदस्य रामदरेश राय, जिल्ला अध्यक्ष रामप्रकाश यादव, जिल्ला उपाध्यक्ष सुरेश साह सोनार, दीपेन्द्र मधेसी, राजनन्दन राय लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
