https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
महोत्तरी, फाल्गुन ३ गते ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) द्वारा सञ्चालन गरिएको आधारभूत संगठन निर्माण तथा अभिमुखीकरण कार्यक्रम महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नम्बर ३, दोलाठीमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री तथा प्रदेश सांसद सरोज सिंह कुशवाहाले कार्यक्रमलाई सम्बाेधन गर्दै जसपा नेपालको संगठनलाई बलियो बनाउन स्थानीयस्तरबाट नै सशक्त नेतृत्व निर्माण गर्नुपर्ने बताउनुभयो । पार्टीको नीति, विचारधारा तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्यका साथ यो अभियान सञ्चालन गरिएको उहाँले बताए ।

कार्यक्रमकै अवसरमा सर्वसम्मत निर्णयमार्फत वडा कमिटीको अध्यक्ष पदमा एैनुन नदाफलाई चयन गरिएको छ । पार्टीका नेताहरूले उनलाई बधाई ज्ञापन गर्दै संगठन विस्तार र पार्टीको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गरे ।

यस संगठन निर्माण तथा अभिमुखीकरण कार्यक्रममा स्थानीय जनताको उत्साहजनक सहभागिता रहेको थियो । जसपा नेपालले विभिन्न जिल्लाहरूमा संगठन निर्माण अभियानलाई तीव्र बनाइरहेको छ, जसले आगामी निर्वाचनमा पार्टीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । नेताहरूले स्थानीय तहमा सक्रिय सदस्यता विस्तार र सशक्त संगठन निर्माणमा जोड दिए ।

उक्त कार्यक्रम बुथ कमिटी अध्यक्ष शुभ नारायण यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री तथा प्रदेश सांसद सरोज सिंह कुशवाहा रहेका थिए । कार्यक्रममा जिल्ला कार्यकारिणी सदस्य रबिन्द्र कुमार महतो, नगर संयोजक सुरेश यादव, सह-संयोजक विजय यादव, पार्टीका स्थानीय नेताहरू, कार्यकर्ताहरू तथा नागरिक समाजका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार