https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन ३ गते ।
प्रेस चौतारी नेपाल महोत्तरी शाखाको दोस्रो अधिवेशन शनिबार बर्दिवास स्थित गौतम होटलमा सम्पन्न भएको छ । अधिवेशनले रामनारायण महतोलाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ । महतोको नेतृत्वमा महिला उपाध्यक्षमा रिता लामा, उपाध्यक्षमा रुपेश यादव, सचिवमा अमृत महतो, सह-सचिवमा मनिषा श्रेष्ठ र कोषाध्यक्षमा रामबाबु यादव चयन भएका छन् । त्यस्तै, कार्यसमितिमा रामेश्वर ठाकुर, सुनिता कुशवाहा, भूमिका उपाध्याय, र रोशन कुमार महतो सदस्यको रूपमा चयन भएका छन् ।

अधिवेशनमा पत्रकारिताको वर्तमान अवस्था, प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारहरूको पेशागत सुरक्षासम्बन्धी विषयमा गम्भीर छलफल भएको थियो । सहभागीहरूले पत्रकारहरूलाई सुरक्षित वातावरण उपलब्ध गराउने, निष्पक्ष समाचार सम्प्रेषण सुनिश्चित गर्ने र स्थानीय पत्रकारहरूका हकअधिकार स्थापित गर्न संगठनलाई अझ प्रभावकारी बनाउनु पर्ने धारणा राखेका थिए ।

नवनिर्वाचित अध्यक्ष रामनारायण महतोले आगामी दिनमा पत्रकारहरूको पेशागत सुरक्षालाई प्राथमिकतामा राखेर संगठन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारहरूको क्षमता विकास र निष्पक्ष पत्रकारिताको प्रवर्द्धनमा संगठनले सक्रिय भूमिका खेल्ने बताए ।

कार्यक्रममा विभिन्न पत्रकार संघ, नागरिक समाजका प्रतिनिधि, तथा स्थानीय सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो । नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै सहभागीहरूले निष्पक्ष पत्रकारिताका लागि संगठनले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार