
राजेश सिंह/दिनेश महताे
गाैशाला, फाल्गुन ३ गते ।
महोत्तरीकाे गौशाला नगरपालिका वडा नम्बर ११ स्थित श्री जनता माध्यमिक विद्यालय भरतपुरको खेल मैदानमा आउँदो सोमबार नगर स्तरीय अन्तरविद्यालय एक दिवसीय छात्रा भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनता माध्यमिक विद्यालय भरतपुर र भरतपुर युवा क्लबको संयुक्त आयोजनामा हुने यस प्रतियोगितामा नगरभरिका विभिन्न विद्यालयका छात्राहरू सहभागी हुनेछन् ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक विपिन जोशीले प्रतियोगिता आयोजनाको उद्देश्यबारे जानकारी गराउँदै खेलकुदले विद्यार्थीलाई लागू दुर्व्यसनबाट टाढा राख्न सहयोग गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चिनाउन मद्दत गर्ने बताए । नगर क्षेत्रका सबै माध्यमिक विद्यालयलाई सहभागिताका लागि पत्राचार गरिए पनि आठ विद्यालयका छात्राहरू मात्र सहभागी हुने भएका छन् ।
भरतपुर युवा क्लबका अध्यक्ष बेचन सादाका अनुसार प्रतियोगिताले छात्राहरूको खेलकुद क्षमतामा अभिवृद्धि गर्ने विश्वास गरिएको छ । खेलकुदले छात्राहरूलाई मानसिक रूपमा स्वस्थ राख्नुका साथै उनीहरूको प्रतिभा उजागर गर्न मद्दत गर्ने उल्लेख गर्दै उनले खेलकुद क्षेत्रलाई प्रवर्द्धन गर्न यस्ता प्रतियोगिताहरू आवश्यक रहेको बताए ।
सुचना ! सुचना !! सुचना !!!
गाैशाला नगरपालिकाबाट बेरोजगार सूचीकरण
गाैशाला नगरपालिका, महोत्तरीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्यूनतम् १०० दिनको रोजगारीमा संलग्न गराउन बेरोजगार व्यक्तिहरुको सूचीकरणको लागि आवेदन आह्वान गरेको छ।
मुख्य बुँदाहरू:
- 🎯 लक्षित उमेर: १८ वर्ष पूरा भई ५९ वर्ष ननाघेका बेरोजगार व्यक्ति।
- 🏠 निवेदन दिने स्थान: स्थायी बसोबास रहेको वडा कार्यालय।
- 📅 मिति: फाल्गुन १ गतेदेखि २९ गतेसम्म।
- 💼 रोजगारी अवधि: न्यूनतम् १०० दिन।
- 📜 कानुनी आधार: रोजगारीको हक सम्बन्धी ऐन, २०७५ र प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशन, २०७५
नोट: तोकिएको मितिभित्र निवेदन नआएमा सूचीकरण प्रक्रिया अघि बढाइने छैन ।
प्रधानमन्त्री रोजगार शाखा, गाैशाला नगरपालिका
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई पुरस्कृत गरिनेछ । प्रथम स्थान प्राप्त गर्ने टोलीलाई रु. १०,००० नगद, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । दोस्रो स्थान हासिल गर्ने टोलीले रु. ५,००० नगद, प्रमाणपत्र, मेडल र शिल्ड प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टोलीलाई रु. ३,००० नगद, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ ।
पत्रकार सम्मेलनमा श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक विपिन जोशी, शिक्षक दिनेश ओली, नगर शिक्षा समिति सदस्य तथा राम जानकी बोर्डिङका फाउन्डर उमेश महतो, भलिबल प्रशिक्षक लक्ष्मण गौतम, भलिबल रेफ्री अर्जुन चौधरी, भरतपुर युवा क्लबका अध्यक्ष बेचन सादा, कोच बरुण शाह लगायत खेलाडीहरू उपस्थित थिए ।
प्रतियोगिता सञ्चालनका लागि स्थानीय समुदाय, विद्यालय प्रशासन तथा खेलप्रेमीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । आयोजकका अनुसार प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रोत्साहन गर्दै आगामी दिनमा थप अवसर प्रदान गरिनेछ ।