https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महोत्तरी, फाल्गुन ६ गते ।
संघीय सांसद डा. अमरेश कुमार सिंहले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका अन्तर्गत बाबा जलेश्वरनाथ महादेव मन्दिरमा पुगेर दर्शन गर्नुभएको छ। सांसद सिंहले सोमबार मन्दिरमा पूजाअर्चना गर्दै धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षणमा आवश्यक ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो।

दर्शनपछि उहाँले जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश शाह सोनारसँग नगर क्षेत्रका विकासका विविध विषयमा छलफल गर्नुभयो। छलफलका क्रममा शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई अझ प्रभावकारी बनाउन आवश्यक योजनाबारे विचारविमर्श गरिएको थियो।

नगर प्रमुख शाहले नगरपालिकाको हालको अवस्थाबारे सांसद सिंहलाई जानकारी गराउँदै शिक्षाको स्तर वृद्धिका लागि गुणस्तरीय विद्यालय व्यवस्थापन, स्वास्थ्य सेवा पहुँच सुधार, तथा कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने योजनाबारे छलफल गर्नुभयो।

सांसद सिंहले नगरवासीको जीवनस्तर उकास्न संघीय सरकारबाट आवश्यक सहयोग तथा समन्वयका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै, उहाँले स्थानीय तहसँग सहकार्य गर्दै पूर्वाधार तथा विकास योजनाहरूलाई प्राथमिकता दिने कुरामा पनि जोड दिनुभयो।

यस भेटघाटले जलेश्वर नगरपालिकाको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार