
पवन प्रसाद साह
बिरगंज, फाल्गुन ७ गते ।
नेपाल राष्ट्रवाद संघ केन्द्रीय कार्यालय वीरगन्जको सहयोगमा र मध्यमाञ्चल वासी नेपाली जनताको आयोजनामा पुर्व र्श्री ५ वडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह को ७५ औ जन्मोत्सव वीरगन्जमा मनाएको छ ।
शाहको ७५ औ जन्मोत्सवको अवसरमा वीरगन्ज स्थित घण्टाघर चोक बाट संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा बाजा सहित निस्केको र्यालीमा राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ,नेता चोर देश छोर, सङ्घीयता खारिज गर, हिन्दु राष्ट्र कायम गर, इत्यादि नारालगाउदै माईस्थान, महाविरस्थान, आदर्शनगर, अलखियामठ, घडिअर्वा माईस्थान हुदै घण्टाघर चौकमा आइ सम्पन भएको थियो ।

नेपाल राष्ट्रबाद संघ का केन्द्रिय अध्यक्ष जनकलाल शाह ले पुर्व र्श्री ५ वडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह को ७५ औ जन्मोत्सवको अवसरमा सु-स्वास्थ्य दीर्घायुको कामना गर्दै भने यो देसमा राजा ले बनाएको उधोग लोकतन्त्र,गणतन्त्र सताधारीहरुले कुनै पनि उधोग संचालन गर्न सकेन संचालन गरेको भए यो देसको युवाहरु खाडि मुलुकमा रोजगारी गर्न जाने थिएन त्यहि भएर यो देसमा राजसंस्था को जरुरी छ कि यो देसका जनताहरू ले सुख शान्ति को महसुस गरोस् बताए।
जन्मोत्सव समारोहमा सहभागीहरूले पूर्व श्री ५ मुमा वडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको तस्वीरमा पुष्प माल्यार्पण गरि सु-स्वास्थ्य, दीर्घायु एवं उज्वल भविष्यको कामना गरेका थिए ।
जन्मोत्सव कार्यक्रममा संघका पर्सा जिल्ला अध्यक्ष संगीता देवी शाह,उमाशंकर प्रसाद, पृथ्वी झा, संतोष गुप्ता, बिसनु कुमार दास, हरेराम रौनियार, पवन प्रसाद साह,बजरंगी साह,चुलाइ मिया,राधाकृष्ण चौहान,हरि यादव,इदा मिया,दिपेन्द्र रौनियार,धुरेन्दर पटेल,लगायतका ब्यत्किहरुले राजसंस्था प्रति आ-आफनो धारणा राखेको थियो ।