
गाैशाला, फाल्गुन ८ गते ।
महाेत्तरीकाे गाैशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महताेले सामुदायिक विद्यालयकाे खेलकुदलाई व्यवस्थित बनाउनका निम्ति विद्यालयमा खेलकुद शिक्षककाे बन्दाेबस्त गरिने बताएका छन् । बिहीवार गाैशालास्थित विर्ता फिल्डमा आयाेजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे समापन सत्रलाई सम्बाेधन गर्दै मेयर डा. महताेले साे कुरा बताएका छन् ।
उनले भने, ‘ खेलकुदले अनुशासन र संस्कार सिकाउनका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्ने गर्दछ । नगरकाे खेलकुदलाई क्रमिकरुपमा व्यवस्थित बनाउनेतर्फ नगरपालिका प्रक्रिया अगाडि बढाईसकेकाे छ । अगामी शैक्षिक सत्रवाट खेलकुद शिक्षक नगरभरिका सामुदायिक विद्यालयमा नियुक्ति गरिनेछ ।’
कार्यक्रमका बिच रजखाेर माविका प्रधनाध्यापक अमाेदकुमार साहले विद्यार्थीलाई खेलकुदक्षेत्रमा निरन्तरता दिई उत्कृष्ट प्रदर्शन गर्नका लागि आग्रह गरेका छन् । खेलकुद जीवनकै लागि उत्कृष्ट हुने भएकोले हार वा जीतकाे परिणामले खेलकुदलाई विराम नदिनकाे लागि विद्यार्थीलाई अनुराेध गरेका छन् । साेहीबिच प्याबसन महाेत्तरीका अध्यक्ष राधेश्याम सापकाेटाले माैसमकाे आधारमा प्रतिकुलता भएपनि विद्यार्थीकाे खेलकुदप्रतिकाे झुकाबले सवैकाे मन जितेकाे धारणा राखेका छन् । राष्ट्रपति रनिङ प्रतियाेगितामा १६ वटा विद्यालयका भलिबल, कबड्डी, एथलेटिक्स विधामा प्रतिस्पर्धा भएका थिए ।




