
गाैशाला, फाल्गुन ९ गते ।
महोत्तरीको सदरमुकाम जलेश्वरमा वाईफाई नेपाल ले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । शुक्रवार आयोजित उद्घाटन समारोहमा जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले फिता काटेर शाखाको उद्घाटन गरे ।
कार्यक्रममा नगरप्रमुख सोनारले इन्टरनेट सेवा विस्तारले जलेश्वर र वरपरका क्षेत्रमा सूचना प्रविधिको पहुँच बढाउने विश्वास व्यक्त गरे। उनले भने, “सूचना प्रविधिको युगमा इन्टरनेट अत्यावश्यक सेवा बनेको छ । गुणस्तरीय इन्टरनेट सेवाले शिक्षा, व्यापार तथा अन्य सेवामा सहजता ल्याउनेछ ।”
वाईफाई नेपाल जलेश्वर शाखाका प्रबन्धक सुबोध ठाकुरले शाखामार्फत जलेश्वर, मटिहानी नगरपालिका र पिपरा गाउँपालिकाका उपभोक्तालाई सुपथ मूल्यमा इन्टरनेट सेवा उपलब्ध गराइने जानकारी दिए । उनले आगामी दिनमा अन्य क्षेत्रहरूमा समेत सेवा विस्तार गर्ने योजना रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष महेश कुमार दास, सञ्चारकर्मीहरू र स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

