https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

दिपेश कुमार शाह
रौतहट, फाल्गुन १२ गते ।
रौतहटको गुजरा नगरपालिका वडा नम्बर ५ मा रहेको रहमान प्राथमिक विद्यालय इस्लामपुरका प्रधानाध्यापक अफरोज आलममाथि वडा अध्यक्ष जमालुदिन नेतृत्वको समूहले निर्घात कुटपिट गरेको छ।

विद्यालय व्यवस्थापन समिति गठनका क्रममा उत्पन्न विवादकै कारण प्रधानाध्यापक आलमसहित अन्य केही व्यक्तिहरू कुटपिटको सिकार भएका छन् ।

विद्यालय व्यवस्थापन समिति गठनका विषयमा आईतबार विवाद चर्किँदा प्रधानाध्यापक अफरोज आलम, शेख बिजवान, लाल मोहम्मद, शेख साविर, एक लाख मन्सुर, शेख ओसी अख्तर र अली अख्तरमाथि वडा अध्यक्ष नेतृत्वको समूहले कुटपिट गरेको बताइएको छ ।

घटनापछि प्रहरी चौकी पोखरभिन्डाले घाइतेहरूको उद्दार गरी प्रारम्भिक उपचारका लागि कनकपुर हेल्थ केयर पठाएको थियो। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर रेफर गरिएको प्रधानाध्यापक आलमका परिवारजनले जानकारी दिएका छन् ।

त्यस्तै, वडा अध्यक्ष पक्षका लालबाबु र चुनु भनिने व्यक्तिहरू पनि घाइते भएका छन् र उनीहरूको उपचार चपुरमा भइरहेको वडा अध्यक्ष जमालुदिनले बताएका छन् ।

घटना पश्चात् गुजरा नगरपालिकाका सम्पूर्ण प्रधानाध्यापकहरूको आकस्मिक बैठक बसेको थियो। बैठकमा शिक्षा शाखा प्रमुखको उपस्थितिमा विद्यालय समयमै प्रधानाध्यापकमाथि कुटपिट हुनु निन्दनीय रहेको भन्दै दोषीउपर कडा कारबाहीको माग गरिएको छ ।

प्रधानाध्यापकहरूले विद्यालयलाई शान्ति क्षेत्र मान्दै त्यहाँ यस प्रकारको आक्रमण हुनु आपत्तिजनक रहेको बताएका छन्। उनीहरूले दोषीमाथि कारबाही नभए नगरभित्रका सम्पूर्ण प्रधानाध्यापकहरूले पेन डाउन गर्ने चेतावनीसमेत दिएका छन्।

यस विषयमा गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीले आफूलाई घटनाबारे जानकारी नभएको बताएका छन् भने उपमेयर रत्ना लामाले विद्यालयको विवाद लामो समयदेखि चलिरहेको स्वीकार गरेकी छन्। स्थानीय बासिन्दाहरूले नगरपालिकाले यस्ता सामाजिक विषयमा गम्भीर चासो नदेखाउँदा आगामी दिनमा थप दुर्घटनाको सम्भावना रहेको चिन्ता व्यक्त गरेका छन्।

सरकारी कर्मचारीमाथि कुटपिट गर्नु कानुनअनुसार गम्भीर अपराध मानिन्छ। नेपाल दण्ड संहिता २०७४ अनुसार यस अपराधमा संलग्न दोषीहरूविरुद्ध कानुनी कारबाही हुन सक्छ। यस विषयमा हाल अनुसन्धान जारी रहेको प्रहरी प्रशासनले जनाएको छ।

वडा अध्यक्षजस्तो गरिमामय पदमा रहेर कुटपिट जस्तो गैरकानुनी कार्य गर्नु आपत्तिजनक भएको प्रधानाध्यापक अफरोज आलमले बताएका छन्। साथै, उनले आफ्नो मोबाइल फोन मर्मत गराइएको जानकारी दिएका छन्। पत्रकार रुपेश यादवले पनि पत्रकार दिपेश कुमार शाहलाई घटनाको विस्तृत विवरण दिएका छन्।

विद्यालय जस्तो शान्ति क्षेत्रभित्र हिंसात्मक घटना हुनु निन्दनीय रहेको भन्दै प्रधानाध्यापकहरूको समूहले दोषीमाथि कारबाही गर्न नगरपालिकासँग माग गरेको छ। यदि समयमा समस्या समाधान नभए, शिक्षाक्षेत्रमै असर पर्ने चेतावनी शिक्षासम्बन्धी निकायहरूले दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार