https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन १३ गते ।
महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा जलेश्वरनाथ महादेव मन्दिर परिसरबाट निकालिएको भव्य कलश शोभायात्राले नगर परिक्रमा गरेको छ। धार्मिक आस्था र सांस्कृतिक विविधताले भरिएको सो शोभायात्रामा हजारौं भक्तजनको सहभागिता रह्यो।

नगर परिक्रमा गरिएको कलश शोभायात्रामा नगरप्रमुख सुरेश साह सोनार, प्रमुख जिल्ला अधिकारी लालबाबु कबारी, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, विभिन्न सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरूआमनागरिकहरू समेतको उल्लेख्य उपस्थिति रहेको थियो। धार्मिक महत्व बोकेको यस शोभायात्रामा शिव नाटक समेत प्रदर्शित गरियो, जसले सहभागी भक्तजनहरूलाई भगवान शिवको महिमा झल्कायो ।

मन्दिर व्यवस्थापन समितिका अनुसार, आज मध्यरातदेखि नै शिव गुफा दर्शनका लागि खुला गरिनेछ। भक्तजनहरूले जलगुफाभित्रको शिवलिंगको दर्शन गरी महाशिवरात्रिको पुण्य लाभ लिन सक्नेछन्।


सेना दिवसको अवसरमा मन्दिर परिसर सरसफाइ

महाशिवरात्रि पर्वको तयारीसँगै सोही दिन मनाइने सेना दिवसको अवसर पारेर जलेश्वरनाथ महादेव मन्दिर परिसर तथा नगर क्षेत्रको सरसफाइ गरिएको छ।

जलेश्वर नगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, महाशिवरात्रि मेला आयोजना समिति, विद्यालयहरू, नागरिक समाज, तथा विभिन्न संघसंस्थाहरूको सक्रियतामा मन्दिर परिसर र नगरका विभिन्न स्थलहरूको सरसफाइ कार्य सम्पन्न गरिएको हो। सरसफाइ अभियानले मन्दिरको वातावरणलाई थप पवित्र र स्वच्छ बनाएको छ, जसले भक्तजनहरूलाई सहज दर्शनको सुविधा मिलाउने अपेक्षा गरिएको छ।


शिवलिंगको जलगुफा दर्शनको विशेष प्रथा

परापूर्वकालदेखि नै नेपाली सेना तथा सशस्त्र प्रहरीको सक्रिय सहयोगमा शिवलिंग अवस्थित जलगुफाबाट बाल्टीनै प्रयोग गरेर जल निकालेर भक्तजनलाई प्रत्यक्ष दर्शन गराउने परम्परा निरन्तरता दिइएको छ।

शिवरात्रिको दिन, साथै हरेक महिनाको पहिलो र अन्तिम सोमबार यस जलगुफाको जल निकालेर शिवलिंग दर्शन गराउने विशेष व्यवस्था मिलाइन्छ। तर अन्य दिनहरूमा जल निकाल्न वर्जित गरिएको छ।

महाशिवरात्रिको अवसरमा भक्तजनहरूको ठूलो भिडभाड हुने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ भने मेला भव्यताका साथ सञ्चालन गर्न व्यापक तयारी गरिएको मेला आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार