
पवन प्रसाद साह
बिरगंज, फाल्गुन १४ गते ।
द ले प्रोमिसेन अस्ट्रेलियन एड द्वारा संचालित स्वयम सहायता समुह सहकारी महासंघको राष्ट्रिय उपाध्यक्षमा विजय पासवान निर्विरोध निर्वाचित भएका छन ।
चितवनको सौराहामा आयोजित अस्ट्रेलियन संस्था स्वयम सहायता समुह एंव सहकारी महासंघ ३ दिने प्रथम राष्ट्रिय सम्मेलन बाट राष्ट्रिय उपाध्यक्षमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वार्ड नं २२ का विजय पासवान निर्वाचित भएका हुन ।
सो राष्ट्रिय सम्मेलन कार्यक्रमको प्रमुख अतिथी कुष्ठरोग मिशन नेपालका राष्ट्रिय निर्देशक सोवकार कँडेलको प्रमुख अतिथिमा राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो निर्वाचित उपाध्यक्ष पासवान लाई प्रमुख अतिथी कँडेल स।हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत गरेका थिए ।